‘क्लासिक’ मा आर्यन र नम्रताको रोमान्स पक्का |दिनेश राउतले निर्देशन गर्ने



रंग खबर, काठमाण्डौं । ‘नोभेम्बर रेन’ जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई फेरी पर्दामा संगै देख्न पाइने भएको छ । निर्माता सुवास गिरीसंगको सहकार्यमा आर्यन आफैले निर्माण गर्ने फिल्म ‘क्लासिक’ मा उनीहरुको रोमान्स पक्का भएको हो ।
classic-2पहिलो फिल्म ‘नोभेम्बर रेन’ को सफलतासंगै आर्यन र सुवासको ‘टिमअप’ ले निरन्तरता पाएको हो । नयाँ वर्ष २०७२ को अवसर पारेर सोमबार साँझ फिल्म निर्माणको घोषणा गरिएको थियो । ‘नोभेम्बर रेन’ का निर्देशक दिनेश राउतले नै ‘क्लासिक’ निर्देशनको जिम्मेवारी पाएका छन् । आँखा देख्न नसक्नेहरुको सांगीतिक प्रेम कथामा तयार हुन लागेको यो फिल्मको कथा छेतन गुरुङले लेखेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको द्धन्द्ध, नितिन चन्दको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा जिवन भाई ‘लाइन निर्माता’ छन् ।

classsic-1 (1)फिल्ममा समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर रानाको समेत अभिनय रहने छ । वैशाख १५ गतेबाट छायांकन प्रारम्भ हुने फिल्मको प्रदर्शन लक्ष्य माघ २९ गतेलाई राखिएको निर्माता गिरीले बताए ।  आशिष पौडेलको पहिरन डिजाइन, विजय सुवेदी ‘आवाज’को मिडिया संयोजन रहने फिल्ममा अतुल मैनाली ब्रान्ड म्यानेजर, सूर्य बुढोथोकी प्रोडक्शन म्यानेजर, शान थापाको सह निर्देशन, दिनेश रावतको मुख्य सहायक निर्देशन रहनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले क्लासिकलाई सांगीतिक प्रेम कथामा निर्माण गर्ने बताए । नायक तथा निर्माता आर्यन सिग्देलले दर्शकले नोभेम्बर  रेनमा  दर्शाएको भरोसालाई यो फिल्ममा पनि पूर्ती गर्ने बताए । अभिनेत्री नम्रता श्रेष्ठले क्लासिकमा काम गर्दा आफू उत्साहित भएको बताइन् । निर्माता सुवास गिरीले फिल्म क्लासिकको तर्फबाट आँखा देख्न नसक्ने विद्यार्थीको शिक्षामा सहयोग गर्ने बताए । उनले सुवास इन्टरटेन्मेन्टले हरेक बर्ष शिक्षामा लगानी गर्ने बताए ।

कार्यक्रममा सुवास इन्टरटेन्मेन्टले फिल्म नोभेम्बर रेनको तर्फबाट सिन्धुलीको कमला बहुमुखी क्याम्पसलाई नगद १ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्