आकृतीलाई कसले छोड्दिन भनेर छोड्यो ? (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौं । अष्ट्रेलियामा बस्दै आएकी नवगायिका आकृति आचार्यको ‘छोड्दिन भन्थ्यौ’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई संचारकर्मी विकास लामिछानेले लेखेका हुन् भने टंक बुढाथोकीले संगीत भरेका छन् । aakriti 4पुरै अष्ट्रेलियामा छायांकन भएको भिडियोमा गायिका आकृतीसंगै रविन अधिकारीको अभिनय देख्न सकिन्छ । पैसाको लोभमा प्रेमिले छोडेपछि प्रेमिकाले भोग्न बाध्य हुनु पर्ने दुख भिडियोले देखाउन खोजेको छ ।
aakriti 2

‘सेन्टीमेन्टल थिम’ मा बनेको यो गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको गायिका आचार्यले बताइन् ।  अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी काठमाडौकी २२ बर्षिया अचार्य उच्च शिक्षाको सिलसिलामा त्याहा पुगेकी हुन् । सानैदेखि गीतसंगीत प्रति आफ्नो रुचि रहेको उनले बताइन् । भनिन् ‘अर्काे गित छिट्टै ल्याउने तयारीमा छु ।
हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्