वसन्तको जन्मदिनमा ‘होलिडे’ घोषणा |‘स्टुडियो नाईन’ उद्घाटनसंगै गीत रेकर्डिङ शुरु



रंग खबर, काठमाण्डौं । निर्देशक बसन्त निरौलाको निर्देशनमा फिल्म ‘होलिडे’ निर्माण हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्देशक निरौलाले मंगलबार फिल्मको घोषणा गर्दै गीत रेकर्ड गराए ।
basanta niraula and aaryan sigdelगायक तथा संगीतकार टंक बुढाथोकीले संचालनमा ल्याएको रेकर्डिङ स्टुडियो ‘स्टुडियो नाइन’ को उद्घाटन नै उक्त फिल्मको गीत रेकर्डिङबाट शुरु भएको थियो ।‘शनिबारको छुट्टीमा मेहेनत गरेर’ बोलको उक्त गीतमा टंक स्वयम र गायिका मनिषा पोखरेलले स्वर दिएका छन् । संगीत पनि टंककै रहेको छ ।

निर्देशक निरौलाको जन्मदिनसँगै स्टुडियो उद्घानको खुसियाली साट्न बरिष्ठ कलाकर रमेश बुढाथोकी, नायक आर्यन सिग्देल, नायिका सञ्चिता लुईंटेल, पबित्रा आचार्य,  नायक सोहित मानन्धर लगायतका फिल्मकर्मी सहभागी थिए ।
basanta birthdayकलाकार फाईनल भईनसकेको ‘होलिडे’ को छायाँकन युरोपमा गरिने निर्देशक निरौलाले बताए ।‘फिल्ममा पुर्णतया एक्सन हुनेछ’, उनले भने । ‘

डाक्टर बनाउने पैसाले स्टुडियो खोले : टंक बुढाथोकी
tanka budhathoki
मेरो बुबा–आमाको सानैदेखिको सपना थियो, ‘मलाई साइन्स पढाएर डाक्टर बनाउने ।’ प्लस टुमा त साइन्स नै पढे । तर मेरो रुची संगीतमा थियो । त्यहीभएर बुबा–आमाको डाक्टर बनाउने सपनालाई लत्याएर संगीतमा आए । विगत ९ वर्षदेखि म संगीतमा संघर्षरत छु । त्यहीभएर स्टुडियोको नाम पनि ‘स्टुडियो नाइन’ राखेको हुँ । मैले आफै कमाएको रकमले स्टुडियो खोलेको होइन् । मलाई डाक्टर बनाउन जुन रकम खर्च हुन्थ्यो त्यही रकम स्टुडियो संचालनका लागि खर्च गरिदिनुस् भनेर बुबा–आमालाई गरेको आग्रह अनुसार आज यो स्टुडियो संचालनमा आएको हो । अब संगीत भर्नेदेखि रेकर्डिङसम्मको काम एकैठाउँमा हुनेभएपछि निर्माताहरुलाई पनि सहज हुने अपेक्षा राखेको छु ।

प्रतिक्रिया दिनुहोस्