राजन र श्रेयसीको ‘मरिन्छ कि बाचिन्छ, धान पो नाचिन्छ’ (भिडियो)



रंग खबर, काठमाण्डौं । गायक राजन राईले लिम्बू समुदायको चर्चित हाक्पारे साम्लो पालाङमा आधारित ‘धान पो नाचिन्छ’ बोलको गीत म्युजिक भिडियोसहित श्रोता-दर्शकमाझ ल्याएका छन् ।
rajan music videoधान नाच लिम्बू समुदायको मुख्य सांस्कृतिक पहिचान हो । यसैलाई आधार बनाएर चलचित्र निर्देशकसमेत रहेका गायक राईले सो गीत निर्माण गरेका हुन् । आफ्नै शब्द संगीतमा तयार गरेको गीतमा उनलाई पछिल्लो समय चर्चामा आइरहेकी गायिका श्रेयसी चेम्जोङले स्वरमा साथ दिएकी छन् ।

राईकै निर्देशन रहेको म्युजिक भिडियोमा रञ्जिता लिम्बू, राजकुमार लिङ्देनलगायतका कलाकारले अभिनय गरेका छन् । ‘धान पो नाचिन्छ’ गीतको म्युजिक भिडियालाई श्रोता÷दर्शकले रुचाएका गायक राईले बताए ।
हेर्नुस गीत :-

प्रतिक्रिया दिनुहोस्