फिल्मको प्रचारसंगै ‘होस्टेल रिटर्न्स’ टिमको रक्तदानमा ऐक्यबद्धता (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । आउँदो वैशाख २५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित फिल्महोस्टेल रिटर्न्स’ ले विविध कार्यक्रममा सहभागीता जनाउँदै प्रचार प्रसारलाई समेत तिव्रता दिदैं छ । निर्माता सुनिल रावलको यो तिव्रता शुक्रबार पनि देखियो ।
Hostel Returnsहात्तीबनमा आयोजित एक रक्तदान कार्यक्रममा सहभागीता जनाउँदै निर्माता रावल र नव नायक सुशिल श्रेष्ठले आफ्नो फिल्मको प्रचार प्रसार मात्रै गरेनन्, सामाजिक सेवामा पनि आफ्नो सहभागीता जनाए ।  आध्यात्मिक संस्था सन्त निरंकारी मिसनद्धारा आयोजित रक्त दान कार्यक्रममा निर्माता सुनिल रावलले एक पाउन्ड रगत दिए । यता नव नायक सुशिल श्रेष्ठले भने रगत दान गरेको दुई महिना मात्रै पुग्दा उक्त कार्यक्रममा रगत दान गर्न पाएनन् ।

फिल्म निर्माण कम्पनी दुगिर्ग फिल्मसका सल्लाहकार समेत रहेका संस्थाका अध्यक्ष नरबहादुर रावलले फिल्मले पनि समाजिक उत्तर दायित्वलाई बिर्सन नहुने बताए । र, यो फिल्मका सदस्यले यस्ता सकारात्मक कार्य प्रति देखाएको सभागीताबाट अन्यले पनि प्रेरणा  लिनु पर्ने बताए ।
hostel returns 3 सुरज भुषाल निर्देशित फिल्म होस्टेल रिटन्र्समा सुशिलसहित शशी श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला, स्वस्तिमा खड्का, सुदाम सिके लगायतको अभिनय छ । यसअघि ‘सायद’ र ‘होस्टेल’ जस्तो सफल फिल्म निर्माण गरेको यो ब्यानरको यो तेस्रो फिल्म हो । यो साल प्रदर्शनमा आउने फिल्महरु मध्ये होस्टेल रिटन्र्स पनि प्रतिक्षित फिल्म हो ।
hostel returns 2

प्रतिक्रिया दिनुहोस्