वैशाख १८ मा आउने ‘धुन’ लाई ‘यु’ |सबैले हेर्न पाउने भए जीवन-निताको रोमान्स



रंग खबर, काठमाण्डौं । यही वैशाख १८ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘धुन’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । शुक्रबार फिल्म जाँच पास समितिका सदस्यहरुले सांगितिक प्रेम कथामा आधारित यो फिल्म हेरिसकेपछि निर्माण युनिटलाई ‘यू’ सर्टिफिकेट थमाएका हुन् ।
SANYO DIGITAL CAMERAनिर्देशक कृष्ण पौडेलका अनुसार ‘धुन’मा समावेश कुनै पनि दृश्यमा कैँची नलगाईकन सेन्सरबाट पास भएको हो । २ घण्टा २० मिनेटको यो फिल्म पुर्णत पारिवारिक रहेको र हलमा पुगेर हेर्दा मनोरञ्जन लिन चाहने दर्शकको लागी राम्रो खुराक हुने निर्देशक पौडेलको दाबी छ ।

मालती शाहको प्रस्तुतीमा तयार फिल्ममा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमाबेबी, सुरविर पण्डित लगायतको अभिनय छ । फिल्ममा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी रहेको छ । बिरेन्द्र भट्टले खिचेको यो फिल्ममा संगीत लक्की सिटौलाको छ ।

प्रतिक्रिया दिनुहोस्