महाभैँचालोका कारण ‘चंखे शंखे पंखे’ अब फुलपातीमा



रंग खबर, काठमाण्डौं । महाभैँचालोका कारण जेठ १ गते रिलिज हुन नपाएको फिल्म ‘चंखे शंखे पंखे’ को अब आउँदो कार्तिक ३ गते फुलपातीको दिनबाट प्रदशर्नमा आउने भएको छ । तर काठमाण्डू उपत्यकामा भने यो फिल्म कार्तिक ६ बाट मात्र रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
chankey sankhey pankheyकमेडी श्रेणीमा रहेर राष्ट्रियताको कथा उठान गरेको यो फिल्मलाई दशैको समयमा नै रिलिज गर्न खोज्नुको कारण भने फिल्म ‘मेरो एउटा साथी’ रहेको निर्देशक सुर्दशन थापाले बताए । ‘‘यहि समयमा रिलिज भएको ‘मेरो एउटा साथी’ सफल भयो । त्यही भएर मलाई यो समय फाप्छ जस्तो पनि लाग्छ ’, उनले प्रष्टाए ।
सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पूजा शर्माको मुख्य भूमिका रहेको यो फिल्मलाई सन्तोष सेनले  निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्