फिल्मकर्मीको पहलमा परमशक्तिपीठले ७५ घर पुनःनिर्माण गर्ने घोषणा



रंग खबर, काठमाण्डौं । नेपाली फिल्मकर्मीहरुको पहलमा परमशक्तिपीठ (पञ्जी) भारतले महाभूकम्पबाट पीडित एक गाउँलाई नमुना गाउँ बनाउने भएको छ ।
karishma manandharराजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै परमशक्तिपीठले काठमाण्डौँबाट लगभग ९ किलोमिटर टाढा रहेको धर्मस्थली चौगाउँका ध्वस्त ७५ घरलाई पुनःनिर्माण गरिदिने घोषणा गरेको हो । केही दिनअघि सोही गाउँमा यो संस्थाले कलाकर्मीहरुको सहयोगमा राहत सामग्री समेत वितरण गरेको थियो । ‘हामीले त्यतीबेला घर बनाइदिने प्रतिवद्धता गरेका थियौँ’, घर निर्माणका लागि गठित परमशक्तिपीठ नेपाल सेवा समितिकी संयोजक सुह्दय परमानंदले भनिन्– ‘अहिले त्यही प्रतिवद्धतालाई मुर्तरुप दिने भएका हौँ ।’ उनले यो अभियान अरुका लागी प्रेरणादायी होस् भन्ने आफुहरुको चाहना रहेको समेत बताइन् । ‘हामीले प्रेरणा मात्रै दिने हो, सबैलाई घर बनाउँन सम्भव पनि हुँदैन् । यस्तोमा सहयोग गरेर हामी पूज्य होउँ’, उनको भनाई थियो ।
deepa shree niraulaघर निर्माण कार्यको सह–संयोजन अभिनेत्री करिष्मा मानन्धरले गर्दैछिन् । झरना थापा, दिपाश्री निरौला, आकाश अधिकारी, दिलिप रायमाझी लगायत यो समितीको सदस्य रहेका छन् । कार्यक्रममा सह–संयोजक करिश्माले भनिन्– ‘कलाकार हौं, हसाउँछौं, हामी जोकर हौ । तर यस्तो बेलामा जोकर हुन पाउँदा हामी खुसी छौं ।’ यतिखेर कलाकारहरुले चर्चाका लागी सहयोगको चर्तिकला गरिरहेको आरोप समेत सामाजिक संजालमा उठिरहेको छ । सायद करिश्माको यो व्यंगात्मक अभिव्यक्ति उनै आरोपहरुमाथि केन्द्रित थियो ।

यता अभिनेत्री दीपाश्री निरौलाले अहिले पीडितको मुहारमा खुसी दिन आवश्यक रहेको औल्याइन् । अभिनेत्री झरना थापाले यस अभियानमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
jharana thapa finalत्यस्तै निर्देशक एवं अभिनेता आकाश अधिकारीले विपद्को बेला हरेकले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए । पाँच जिल्लामा राहत सेवा पु¥याइसकेका उनले भने, ‘काठमाण्डू बाहिरको स्थिति झन् भयावह छ । त्यसैले गाउँ–गाउँमा पुग्न आवश्यक छ ।’

यसै साताबाट सुरु हुने घर निर्माणको कार्य एक महिना भित्र सक्ने लक्ष्य राखिएको अभियानका सदस्य विनोद मानन्धरले बताए । उनले भने, ‘हामीले बनाउने घर दश पन्ध्र वर्ष आरामले टिक्छ ।’ ३५ हजार रुपैयाँ लागतमा जस्ता पाता र स्थानिय सामाग्री प्रयोग गरी निर्माण गरिने एक कोठे घरको साइज १२ वाइ १० हुनेछन् । उक्त घर कम्तीमा १० देखि १५ सम्म टिक्ने समेत उनले बताए ।
aakash adhikariघर निर्माण सँगै यो समितीले महाभूकम्पबाट प्रभावित एक हजार जना बालबालिकालाई संरक्षण दिने घोषणा समेत गरेको छ । परमशक्तिपीठ आफैंमा भने धर्म र अध्यात्ममा लागेको भारतीय संस्था हो । उनीहरुले नेपालमा तदर्थ समिति गठन गरी राहत वितरण तथा पुनःस्थापनामा सक्रियता देखाएका हुन् । यो संस्थाको मुख्य संरक्षक पूज्य दिदी माँ साध्वी ऋतम्भरा हुन् ।
घरको नमुना यस्तो छ  :-
gharko namuna

प्रतिक्रिया दिनुहोस्