काजलसँग लागेर कसको दिलमा विकासले छुरा रोपे ? (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौं । एक म्युजिक भिडियोबाट एकसाथ दुईजनाको परिचय थपिएको छ । ‘मेरो दिलमा तिम्ले छुरा रोप्यौं’ बोलको म्युजिक भिडियोबाट गीतकार शंकर अधिकारी घायल र रंग पत्रकार विकास लामिछानेको परिचय थपिएको हो ।
bikash and kajolभर्खरै सार्वजनिक यो म्युजिकबाट घायल निर्देशकका रुपमा डेब्यु भएका हुन् भने विकास मोडलका रुपमा । भिडियोमा विकासलाई काजल खनाल र कामना बम्जनले साथ दिएका छन् । राजेन्द्र श्रेष्ठले संगीत दिएको भिडियोमा नित्याशिवले स्वर दिएकी छन् । शब्द निर्देशक घायलकै हो । केही महिना अघि छायाँकन गरिएको यो भिडियोको छायांकार मुस्कान हुँमागाईं हुन् । यो भिडियोले पत्नी छोडी प्रेमिका घुमाउँदा कस्तो नियती भोग्नु पर्छ भन्ने परिघटना देखाउँछ ।

नित्याकै स्वर, घायलकै निर्देशन र विकासकै अभिनयमा अर्को म्युजिक भिडियो समेत छायांकन भइसकेको छ जुन चाँडै नै रिलिज गरिने निर्देशक घायलले बताए ।
हेर्नुस् गीत :

प्रतिक्रिया दिनुहोस्