‘माग्ने बुढो’ को जन्मघर सम्झना : आधा पुरिएको टुकी



magne budoकेदार घिमिरे 
हास्य कलाकार
महाभैँचालो जाँदा काठमाण्डौँमै थिए । मकवानपुरस्थित छतिवन गाविस, हात्तिसँुढेबाट खबर पाए– ‘घर भत्कियो ।’ देशमा भैँचालोले ठुलै क्षत्ति पुर्याइरहेको थियो । ज्यान गुमाउनेको संख्या बढिरहेको थियो । घरविहिन हुने त कति थिए, कति । त्यही सम्झिएर चिक्त बुझाउन खोजेँ । तर, जन्मघर भत्किदा मन नसम्हालिदोँ रहेछ । वि.स. २०५० सालको कुरा हो । त्यतीखेर भर्खरै एसएलसी दिएको थिए । मेरो घर नजिकैको जंगलमा दिउसै डढेलो लागेको थियो । सबै गाउँले त्रसित भयौँै । हामीले जुक्ति लगायौँ । हामीले पनि घरतिरबाट डढेलो लगाइदियौँ । जसकारण गाउँ खरानी हुनबाट जोगियो । भोलिपल्ट बच्चाहरुले त्यसकै सिको गर्दै घरमै डढेलो लाएछन् ।जसकारण गाउँका थुप्रै घर जले । मेरो घर त्यतीबेलै ध्वस्त भएको थियो । त्यतीबेला म संग खुट्टामा चप्पल समेत थिएन् । शरीरमा हाफ पेन्ट र स्यान्डोमात्र थिए ।

पहिले गाउँतिर बिजुली हुदैन थियो । घरमा टुकी बालेर पढ्ने गरिन्थ्यो । मेरो घरमा पनि एउटा टुकी थियो, जुन ५० सालमा आगो लाग्दा पनि बचेको थियो । यो पटक घर भत्किँदा पनि त्यो चाहीँ आदि पुरिएर बसेको रहेछ । टुकी बत्तीसँगको यो मेरो सम्बन्ध शिक्षा आर्जनसँग जोडिएको थियो । त्यहीभएर म यसलाई सम्हालेर राख्छु ।

थुप्रै ठाउँमा राहत बाँड्दै गइयो । आफैले किनेर पनि त्रिपाल बाँडियो । तर, भत्केको घर हेर्न गाउँ पुग्दा आफ्नै बा त्रिपाल खोज्दै हिडिरहनुभएको थियो । राहत बाँड्न जाँदा अरुलाई बाड्ने त्रिपाल आफैँले राख्यो भनेर गिज्याउलान् भनेर मैले त्रिपाल लिएको थिइनँ । तर, घरमै दुईवटा त्रिपाल अत्यावश्यक रहेछ । साह्रै दुःख लाग्यो । तर केही बोल्न सकिनँ ।
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्