कसरी डोर्याउने दर्शकलाई हलमा ?



hall maa darshak–अनिल यादव
वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातार पराकम्पनले सिंगो देश प्रभावित छ । अरू क्षेत्रजस्तै मनोरञ्जन क्षेत्र पनि भुइँचालोका कारण अस्तव्यस्त छ । जनताका डर–त्रास भगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो क्षेत्र आफैँ त्रासमा छ । अघि बढ्दै गरेको फिल्म क्षेत्रमा ठूलो धक्का लागेको छ । हलमा नयाँ फिल्म लागिरहेका छैनन् । बिथोलिएका छायांकनहरू सुचारु हुन सकेका छैनन् । नयाँ फिल्मका सुटिङ थालिएका छैनन् । पोस्ट प्रोडक्सन भइरहेको छैन । फिल्म निर्माणदेखि प्रदर्शनसम्म अन्योलग्रस्त अवस्थामा छन् ।

Rajkumar Raiराजधानीका धेरै हलमा क्षति पुगेको छ । दैनिक ज्यालादारीमा काम गर्ने फिल्मका प्राविधिकहरूको बिजोग छ । झन्डै तीन सयभन्दा बढी फिल्म प्राविधिक भूकम्पपीडित छन् । प्रभावित र अप्रभावित दुवैको रोजिरोटी धरापमा परेको छ ।

र, यस्तो अवस्थामा फिल्मकर्मीमाझ तातो बहस सुरु भएको छ, ‘अब फिल्म क्षेत्रलाई कसरी सामान्य बनाउने ?’ यो प्रश्न आफैँमा जटिल पनि छ । ‘तर, यसको समाधान फिल्मकर्मीले नखोजे अरू कसैले आएर खोजिदिँदैन,’ कलाकार दीपाश्री निरौला भन्छिन्, ‘फिल्म क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने काम फिल्मकर्मीकै हो ।’

निर्माण रोक्नु हुँदैन
प्रदर्शनका तयारीमा रहेका फिल्महरू तीन–चार महिना पर धकेलिएका छन् । अहिले छायांकन भइरहेका फिल्म पनि चाँडै रिलिज गर्ने गरी काम गरिरहेका छन् । यस्तो अवस्थामा धेरै फिल्म एकैपटक जुध्ने अवस्था आएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राई छ महिनासम्म नयाँ फिल्म निर्माणमा रोक लगाउने हो भने फिल्म जुध्ने समस्या नरहने तर्क गर्छन् । भन्छन्, ‘छ महिनासम्म नेपाली फिल्म सामान्य अवस्थामा फर्किने अवस्था देखिँदैन । नयाँ फिल्म पनि अहिले रिलिजका लागि तयार छैनन् । त्यसैले छ महिनासम्म नयाँ फिल्म निर्माणमा रोक लगाउन चलचित्र विकास बोर्डले पहल गर्ने हो कि ?’ यसले फिल्म निर्माण र प्रदर्शनको प्रक्रियालाई सन्तुलित गर्ने उनको बुझाइ छ । manoj kcतर, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी कुनै पनि हालतमा फिल्म निर्माण रोकिन नहुने बताउँछन् । ‘त्यसै त भूकम्पका कारण फिल्म प्राविधिकको अवस्था पीडादायी छ,’ उनी भन्छन्, ‘छ महिनासम्म फिल्म निर्माण नै रोकियो भने त फिल्म प्राविधिकले के गरेर गुजारा चलाउने ?’ पीडितलाई थप पीडा दिन खोज्नु अन्याय हुने केसीको ठहर छ । ‘यसो भएमा यहाँका प्राविधिकहरूले पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । यो क्षेत्रबाटै विस्थापित हुँदैनन् पनि भन्न सकिन्न । यदि यसो भयो भने यसको जिम्मेवारी कसले लिने ?’ उनी प्रश्न गर्छन् ।

यता निर्माता तथा वितरक प्रदीपकुमार उदय फिल्म निर्माण नै रोकिनु भनेकोे त कलाकार र प्राविधिकहरूको दालभात नै खोसिनु सरह भएको बताउँछन् । ‘यस्तो निर्णय आत्मघाती हुन्छ । यसो भएमा कलाकार र प्राविधिकको भरणपोषण सरकारले गर्छ कि कसले गर्छ ?’ उनको सवाल छ । निर्माता र वितरक मिलेर समाधान खोज्नुपर्छ भन्छन् उनी ।

दर्शक सुरक्षा चाहन्छन्
dipendra k khanalमनोरञ्जन दर्शकका लागि हो । अहिले फिल्मकर्मीको चिन्ता पनि दर्शक नै हो । दर्शक महाभूकम्पका त्रास र पीडा भुल्न चाहन्छन् । तर, फिल्म हलहरूले उनीहरूलाई सुरक्षित महसुस गराउन सकेका छैनन् । त्यसैले दर्शकले हलसम्म आउने मनोवैज्ञानिक शक्ति आर्जन गर्न सकेका छैनन् । भूकम्पबाट सिर्जित डरका कारण घरमै त असुरक्षित महसुस गरिरहेका दर्शकलाई हलसम्म ल्याउन सुरक्षाको प्रत्याभूति गराउन आवश्यक रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । ‘फिल्मसम्बन्धी संस्था निर्माता संघ, चलचित्र संघ र सरकार मातहतको चलचित्र विकास बोर्डले संयुक्त रूपमा छलफल गरेर देशभरिका हलहरूको अवस्थाबारे अनुगमन गर्नुपर्छ,’ उनी भन्छन्, ‘मर्मत गर्नुपर्ने भए त्यही अनुसारको कार्य गराई हल सुरक्षित बनाएर दर्शकसमक्ष ‘म्यासेज’ पु¥याउनु पहिलो आवश्यकता हो ।’

राजधानीको बौद्धमा रहेको सिद्धार्थ हलको ‘एक्जिट’ पर्खाल कमजोर हुँदा त्यहाँ एकजना दर्शकले ज्यान गुमाउनुप¥यो । केही घाइते पनि भएका थिए । यो खबर दर्शकको कानमा परिसकेको छ । ‘अधिकांश हल क्षतिग्रस्त भएको खबर सुनेका दर्शक फिल्म हल कसरी फर्केलान् ?’ निर्देशक सुदर्शन थापा भन्छन्, ‘यसका लागि त हलवालाले ‘हाम्रो हल सुरक्षित छ, भूकम्प प्रतिरोधात्मक छ’ भनेर दर्शकलाई आश्वस्त पार्न सक्नुपर्छ । अन्यथा, उनीहरूलाई हलमा ल्याउन लामै समय पर्खनुपर्ने हुनसक्छ ।’ निर्माता सुनील रावल पनि उनको तर्कसँग सहमत छन् । रावल भन्छन्, ‘हलवालाले हल मर्मत गर्नुप¥यो । हल सुरक्षित छ भनेर दर्शकलाई आश्वस्त पार्नुप¥यो ।’

गतिविधि बढाउनुपर्छ
pradip kumar udayफिल्म क्षेत्रलाई चाँडै सामान्य अवस्थामा फर्काउन सम्पूर्ण गतिविधि सुचारु गर्नुपर्ने मोफसल वितरक एफडी कम्पनीका प्रमुख प्रदीपकुमार उदय बताउँछन् । ‘अब नयाँ फिल्म रिलिज गर्नुपर्छ । त्यसका लागि हामी पहल गर्दै छौँ । सम्भवतः यही असार १८ गतेबाट फिल्म निरन्तर रिलिज हुनेछ,’ उनी भन्छन् । प्रदर्शन रोकिएका फिल्महरूलाई अहिले प्रदर्शन गर्न पहल गरियो भने अहिले छायांकन भइरहेका फिल्महरू माघपछि रिलिज हुने वातावरण बन्ने उनको आकलन छ । अहिले फिल्म रिलिज हुँदा दर्शक आउलान् त ? ‘आउँछन् भन्ने विश्वास हो,’ उनी आशावादी छन् ।

माहोल बनाउनकै लागि भए पनि हलमा फिल्म लगाउनुपर्ने दीपाश्रीको भनाइ छ । ‘त्यही भएर हामीले पुरानै भए पनि सुपरहिट फिल्म ‘६ एकान ६’ को प्रदर्शन गरेका हौँ,’ उनी भन्छिन् ।

जापानबाट सिक्नुपर्छ
महाभूकम्पबाट फिल्मकर्मी कति पनि विचलित नहुनुपर्ने दीपाश्री बताउँछिन् । प्रकोप बेहोरेका धेरै देशमा भूकम्पपछि विकास भएको भन्दै उनले जापानको उदाहरण दिइन् । ‘सन् १९२३ मा जापानको कान्टो शहरमा शक्तिशाली भूकम्प गएपछि त्यहाँको फिल्म उद्योग पूर्ण रूपमा प्रभावित भएको थियो । त्यतिबेला स्टुडियो, थिएटरदेखि त्यहाँका हलहरू सबै क्षतिग्रस्त भएका थिए । काम गर्ने स्टुडियोदेखि थिएटरसम्म पुनर्निर्माण गर्नुपरेको थियो ।’

त्यसपछि जापानको फिल्म उद्योगले गति लियो । भूकम्पकै कारण त्यहाँको फिल्म उद्योगले पुरानो पुस्ता र पुरानो ‘सिस्टम’ गुमायो । तर, फिल्म उद्योग नै परिष्कृत भयो । फिल्ममा कथावाचन शैलीमा आधुनिकता आयो । फिल्म प्राविधिक रूपमा बलियो भयो । जापानी फिल्म ‘अ पेज अफ म्याडनेस’ त्यही आधुनिकताको एउटा नमुना थियो ।

‘नेपाली फिल्मले पनि यो विपत्तिलाई अवसरका रूपमा हेर्नुपर्छ,’ दीपाश्री भन्छिन्, ‘दर्शकको स्वादअनुसार फिल्म पस्किनुपर्छ ।’

गोलमेच सम्मेलन
अन्योलग्रस्त नेपाली फिल्म क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन गोलमेच सम्मेलन गनुपर्ने फिल्मकर्मीहरू बताउँछन् । ‘अहिलेसम्म फिल्मसम्बन्धी संघसंस्थाबीच फिल्म गतिविधिलाई कसरी सामान्य बनाउने विषयमा कुनै छलफल भएको सुनिँदैन,’ निर्देशक खनाल भन्छन्, ‘चाँडै गोलमेच सम्मेलन गरेर सबैको सुझाव लिनुपर्छ । अनिमात्र निचोड लिकाल्न सकिन्छ ।’

(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्