‘बुद्धका आँखा’ बाट थपियो चारजनाको परिचय (भिडियो र फोटोफिचरसहित)



रंग खबर, काठमाण्डौं । एउटा सन्देशमुलक र प्रेरक म्यूजिक भिडियाले चारजनाको परिचय थपिएको छ । ‘बुद्धका आँखा हेर शालिन छन् अझै’ बोलको म्यूजिक भिडियोले आरजे अर्जुन केआर, पत्रकार मधु शाही, चित्रकार ज्योतिप्रकाश र क्यामरापर्सन कमल प्रसाईको परिचय थपिएको हो ।
music video launch 2

यो म्यूजिक भिडियोबाट अर्जुन निर्देशक, मधु गीतकार, ज्योति गायक र संगीतकार, कमल छायांकार र सम्पादकका रुपमा डेब्यू भएका हुन् । यि चारै जनाको पहिलो प्रयासबाट तयार भएको यो म्यूजिक भिडियोको हालै एक कार्यक्रमका विच वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले सार्वजनिक गरे । ‘धेरैले विभिन्न देशका उदाहरण दिइरहेका छन् । तर, यो गीतले बुद्धको उदाहरण दिएको छ’, भिडियो सार्वजनिकपछि संगीतकार बास्कोटाले भने, ‘गीत अनुसारको भिडियो बनेको छ । साच्चै प्रेरणादायी बनेको छ । सबको काम तारिफयोग्य छ ।’
shambu jit 2

‘धेरैले भूकम्प सम्बन्धि गीत ल्याए । भत्किएका संंरचना र मरेका शवहरु देखाए’, निर्देशक केआरले भने, ‘तर, हामीले त्यसो गरेका छैनौँ । देश बन्छ । कोही पनि आत्तिनुहुदैँन भन्ने सन्देशसहितको प्रेरणादायी भिडियो बनाउने प्रयास गरेका छौँ ।’ कार्यक्रमलाई आरजे राजेश घतानीले संचालन गरेका थिए ।
arjoon kr finalजुना प्रसाईको समेत स्वर रहेको यो गीतमा दीपाश्री निरौला, दिपकराज गिरी, झरना थापा, निर्मल शर्मा, जितु नेपाल, विनिता मरहठ्ठा लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीत हेर्नुस् :- 

video launch 2
video launch deepashre
video launch
Rajesh Ghatani
rajesh ghatani 2


Shambujit baskota

प्रतिक्रिया दिनुहोस्