शोभित बस्नेतको एक्सन कटमा पत्रकार अधिकारीको अभिनय (फोटोफिचर)



रंग पत्रकार, काठमाण्डौँ । रंग पत्रकार रवि अधिकारी मोडल बनेका छन् । उनकै शब्दमा तयार भएको गीत ‘मेरो भागको खुशी नि तिमीलाई मिलोस्, जो सँग छौँ धेरै माया गरोस’ मा उनले अभिनय गरेका हुन् ।
ravi 3गीतमा टंक बुढोथोकीको संगीत र स्वर रहेको छ । शोभित बस्नेतले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा नायिका सुजना ढकाल र विक्रम कडेलले समेत अभिनय गरेका छन् । भिडियोको छायांकन काठमाण्डौँ, दामन, पालुङ लगायतका स्थानमा गरिएको पत्रकार अधिकारीले बताए । भिडियोलाई छायाकार कृष्ण श्रेष्ठले खिचेका हुन् । भिडियो चाँडै सार्वजनिक हुने निर्देशक बस्नेतले जानकारी दिए ।
ravi adhikari
ravi 2
टंकको गीत र शोभितको एक्सन कटमा तीन कलाकारको ‘क्यामेस्ट्री’ कस्तो बन्यो ? त्यसका लागि त भिडियो पर्खनैपर्छ । कि कसो ? 

प्रतिक्रिया दिनुहोस्