विरहमा पिउनुको मज्जा, पिएपछि जिउनुको मज्जा (भिडियो हेर्नुहोस् )



रंग खबर, काठमाण्डौं । गायक तुला पर्वतको ‘विरहमा पिउनुको मज्जा एकै हुन्छ साथी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोले प्रेम बियोगको कथालाई उतारेको छ ।
birahamaमुनाल शिशिरले निर्देशन गरेको यो भिडियोमा निर्मल सेञ्चुरीको साथमा एनी र अभयले मोडलिङ गरेका छन् । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तुला पर्वतको दोष एल्बममा यो गीत समावेश छ । मकाउमा रहेका गायक तुलाले आफूले मिहिनेत गरेर नयाँ गीत सार्वजनिक गरेको बताए ।

टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा रामकुमार केसीको छायांकन छ । गीतमा तुलाको नै शब्द तथा संगीत समावेश छ । गीतसंगीतमा लामो समयदेखि लागेपनि पछिल्लो केही समयदेखि तुलाले चर्चा पाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्