शंकर विसीले पार्वती राईलाई भने, ‘हुन्यावाली जीवनसाथी’ (हेर्नुस् देउडा गीत)



रंग खबर, काठमाण्डौं । देउडा संस्कृतिमा आधारित गीत ‘हुन्यावाली जीवनसाथी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
parwatiपत्रकार डिबी खड्काले लेखेको शब्दमा गायक विनोद बाजुराली र विष्णु माझीले स्वर भरेका छन् । सुदूर र मध्यपश्चिमका पर्व, जात्रा, समारोहलगायतका कार्यक्रममा गाउने गरिएको देउडा गीतमा प्रयोग हुने बिम्ब र भाषाका कारण सबैले बुझ्न कठिन हुने गरेको परिप्रेक्ष्यमा नयाँ पुस्ता र अन्य क्षेत्रका सर्वसाधारणलाई बुझाउने तरिकाले देउडा गीत तयार भएको गायक विनोदले बताए ।

‘देउडाको सङ्गीत असाध्यै सुमधुर भए पनि गीत समयानुकूल नभएकाले त्यही क्षेत्रको नयाँ पुस्ताले समेत देउडा सुन्न छाडेका थिए, यो गीतले फेरि देउडा संस्कृतिको विस्तार र संरक्षणमा सघाउने छ,’ उनले भने ।
10836384_4826569317843_1268013352_nलोकदोहोरी गीत गायन र ‘एरेञ्ज’मा जमेका गायक विनोद बाजुरालीले प्रत्येक वर्ष एउटा देउडा गीत बजारमा ल्याउँदै आएका छन् । यसअघि ‘कर्णाली पुल’ भन्ने देउडामार्फत नयाँ पुस्तालाई देउडा सुन्ने बनाएका उनी यो गीतबाट झनै आशावादी रहेका छन् ।

लोकगीतको म्युजिक भिडियोमा जमेका शंकर विसी र पार्वती राईको जोडीले उक्त गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। म्युजिक भिडियोमा देउडा नाचका साथै लोक नृत्यका झलक देख्न पाइने बताइएको छ । राजेश घिमिरेले खिचेको भिडियोको छायाङ्कन राजधानीको वसन्तपुरमा गरिएको छ ।
Watch Music Video Here :-

प्रतिक्रिया दिनुहोस्