फ्राइडे रिलिज : नेपाली ‘जंगभूमी’ संग हिन्दी ‘बहुबली’



रंग खबर, काठमाण्डौं । यो शुक्रवारबाट नेपाली सिनेमा हलमा दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । नेपाली ‘जंगभूमि’ र हिन्दी ‘बहुबली’ प्रर्दशनमा आउने भएका हुन् । दुवै फिल्ममा दक्षिण भारतीय कलाकार हावी छन् ।

संयोग कस्तो भएछ भने यी दुवै फिल्ममा साउथका कलाकारले अभिनय गरेका छन् । ‘जंगभूमि’ मा दक्षिण भारतीय फिल्मीकी चर्चित हिरोइन रानी चटर्जीलाई र विराज भट्ट मुख्य भूमिकामा देखिँदैछन् । फिल्ममा एउटी नारीको संघर्षलाई चित्रण गरिएको छ । रिच इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस चलचित्रको प्रस्तुतकर्ता करण श्रेष्ठ ‘क्रेजी’ हुन् । करणका अनुसार ‘जंगभूमि’ अधिकांश सिंगल थिएटर र केही मल्टिप्लेक्स हलमा लाग्दैछ । करणले भने, ‘भूकम्पपछि नेपाली फिल्म रिलिज नभइरहेको अवस्थामा ‘जंगभूमि’ रिलिज गर्दैछु । दर्शकले यो फिल्म रुचाउँछन् भन्ने अपेक्षा गरेको छु ।’
jungbhumi‘जंगभूमि’ नारीप्रधान एक्शन चलचित्र हो । तर, फिल्ममा विराजको सेन्टिमेन्ट पनि देख्न सकिने छ । फिल्ममा विराजबाहेक अधिकांश कलाकार, प्राविधिक साउथका छन् । यो भोजपुरी फिल्म हो जसलाई नेपालीमा डब गरिएको निर्माता क्रेजीले बताए ।

यसैगरी हिन्दी फिल्म ‘बाहुबली’ दुई भागमा निर्माण गरिएको छ । फिल्ममा एक ऐतिहासिक कथा प्रस्तुत गरिएको छ । यो भारतीय सिनेमाको इतिहासमा एक महँगो फिल्म रहेको निर्माण पक्षले दाबी गरेको छ । फिल्ममा एक राज्यबाट अर्को राज्य कब्जा जमाउन दुई भाईले गरेको संघर्ष उतारिएको छ ।
bahubali२ सय ५० करोड भारुमा निर्माण गरिएको ‘बाहुबली’ शुक्रबारबाट संसारका ४ हजारभन्दा बढी स्क्रिनमा रिलीज हुँदैछ । यसका अलावा यो फिल्म अमेरिकामा पनि १३५ स्क्रिनमा रिलीज हुँदैछ । ‘बाहुबली’ को दोस्रो हिस्सा आगामी सेप्टेम्बरमा रिलीज हुने बताइएको छ । एसएस राजमौली निर्देशित यस फिल्ममा रोमान्च र एक्शन दुवै रहेको छ । फिल्ममा प्रभास, राणा दुग्गुबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सुदीप लगायत दक्षिण भारतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्