टेलिभिजन कलाकर्मीद्धारा नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



रंग खबर, काठमाण्डौं । वरिष्ठ अभिनेता तथा फिल्म निर्देशक नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।  टेलिभिजन कलाकर्मी मञ्च, नेपालले उनलााई सम्मान गरेको हो ।
awardआइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्रिय टेलिभिजन सम्मान’ कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले शाहलाई सम्मान हस्तान्तरण गरे । २०४२ सालमा स्थापना भएको नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक समेत रहेका उनलाई टेलिभिजनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मानसँगै शाहलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । शाहले आफूले पाएको सम्मान टेलिभिजनको क्षेत्रमा काम गरेका दिवंगत स्रष्टाहरुप्रति समर्पण गरे । ‘नेपालमा टेलिभिजन आज जुन स्थानमा छ, त्यसमा धेरै दिवंगत स्रष्टाहरुको पसिनाको योगदान छ । त्यसैले मैले पाएको यो सम्मान उहाँहरुमा समर्पण गर्न चाहन्छु ।’ शाहले भने ।

यसैगरी टेलिभिजनको क्षेत्रमा लामो समय योगदान गरेवापत प्रेम बानियाँ, ग्रीष्मा राजभण्डारी र आरती चटौतलाइ तीन जनालाई विशेष योगदान सम्मान प्रदान गरियो । त्यस्तै कार्यक्रममा सोम धिताल, भूषण दाहाल, आरके मानन्धर, केसी क्रियसन, पारिजात फिल्मस्, आमा सरस्वती मुभिज, कृष्ण ढुङ्गाना र प्रकाश सुवेदीलाई विशेष सम्मानद्वारा सम्मान गरियो । टेलिभिजनका लोकप्रिय कार्यक्रमहरु ‘अपनो नेपाल’, ‘डायल १००’, ‘टोलटोलमा’, ‘तेश्रो आँखा’, ‘आमा’, ‘हाक्काहाक्की’, ‘फिल्मी बहस’, ‘उकाली ओराली’, ‘व्यक्ति, विषय र विशेष’, ‘हर्के हवल्दार’, ‘झंकार’ र ‘भद्रगोल’ लाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
samaan 3टेलिभिजन क्षेत्रमा काम गर्ने सर्जकलाई उत्साह प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको मञ्च अध्यक्ष दिपाश्री निरौलाले बताइन् । विभिन्न मनोरञ्जनात्मक गतिविधिसहित गरिएको सम्मान कार्यक्रममा कलाकारहरु कृष्ण मल्ल, गणेश उप्रेती, सरोज खनाल, कविता शर्मा, निरु खड्का आदिले नृत्य प्रस्तुत गरेका थिए भने गायिका इन्दिरा जोशीले गीत सुनाएकी थिइन् । दीपकराज गिरी र जितु नेपाल कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्