मनि चाम्लिङको सोलो अभिनयमा आयो ‘अर्को पाइला’



रंग खबर, काठमाण्डौं । मोडल मनि चाम्लिङले आफ्नो सोलो अभिनय रहेको भिडियो एल्बम ‘अर्को पाइला’ सार्वजनिक गरेका छन् । हालै राजधानीमा एक कार्यक्रमका विच चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय र अलग आर्ट हबका गायक रेवत राई, गायिका पार्वती राई, निर्देशक लोकेन साँवाले सँयुक्त रुपमा विमोचन गरेका हुन् ।
maniछ वटा म्युजिक भिडियो समावेश रहेको एल्बममा राजेशपायल राई, नवीन के भट्टराई, पार्वती राई र अमर चाम्लिङले स्वर दिएका छन् । एल्बमका भिडियोहरूमा मनिसँगै प्रियंका कार्की, अनु गुरुङ, निशा पोम, अनु राई, दिव्या चेम्जोङले अभिनय गरेका छन् । एल्बममा लोकेन्द्र साँवा र विज्ञान राईले भिडियो निर्देशन गरेका छन् ।
mani finalकार्यक्रममा ६ वटै भिडियो देखाइएको थियो । भिडियो हेरिसकेपछि सहभागी अतिथिहरुले मनीको अभिनयको प्रशंसा गरेका थिए । कार्यक्रमलाई दिनेश डिसीले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्