युवा गायक राजकुमारको ‘जीवन’ सार्वजनिक



रंग खबर, काठमाण्डौं । युवा गायक राजकुमार प्रधानले नयाँ एल्बम ‘जीवन’ सार्वजनिक गरेका छन् । राजधानीमा बुधवार एक कार्यक्रमका विच फिल्मकर्मी लय संग्रौला, बरिष्ठ संगीतकार बुलु मुकारुङ, अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, साधन कला केन्द्रका मिलन मोक्तान, चलचित्र कलाकार संघका सचिव उत्तम केसीले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् ।
jiwanकार्यक्रममा गायकले एल्बममा रहेको एउटा गीत गाएका थिए । एल्बममा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी अतिथिहरुले गायक प्रधानको स्वरको प्रशंसा गरेका थिए ।
Jiwan-1एल्बम ‘जीवन’मा ‘छोडी जादै छु’, ‘तिम्रो याद आउँछ’, ‘त्यो चिसो हावाले’, ‘तिम्रो सम्झनामा’, ‘मनभित्र तिमी’ बोलका गीतहरु समावेश छन् । आर.बी लामाको शब्द रहेको एल्बमको एक गीतमा गायक स्वयम्ले संगीत भरेका छन् । बाँकी गीतमा विक्रमजी लामाको संगीत रहेको छ । एल्बमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्