भूकम्प पीडितको सहयोगार्थ जुट्दै प्रमोद | दोलखामा बन्ने भो स्कुल (फोटोफिचर)



pramod finalरंग खबर, काठमाण्डौं । गायक प्रमोद खरेल भूकम्प पीडितको सहयोगार्थ जुटिरहेका छन् । उनको संयोजनमा यतिवेला दोलखास्थित सुन्दरावतीमा भूकम्पका कारण ध्वस्त भएको सरस्वती प्राथमिक विद्यालयको भवनलाई पुनःनिर्माण गरिने भएको छ । भवनको सोमवार शिलान्यास समेत गरियो ।

अधिकांश विपन्न र थामी समुदायको बसोवास रहेको सुन्दरावतीमा भूकम्पले ठूलो क्षती पु¥याएको थियो । विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र कन्सर्ट गरेर उठेको रकमले विद्यालय बनाउन लागेको गायक खरेलले बताए । उनका अनुसार विद्यालयको पुनःनिर्माणकै लागि मेची अभियान धुलावारीको सहयोगमा हास्य कलाकार जितु नेपालसंग मिलेर उनले झापामा कन्सर्ट गरेका थिए । जसबाट उठेको तीन लाख रुपैँया यही विद्यालयको निर्माणमा खर्च गरिँदैछ । त्यस्तै टेक्सासमा रहेका भूटानी शरणार्थी, अमेरिकाका कुमार गुरुङ, लन्डन र अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत उक्त अभियानका लागि सहयोग गरेको उनले बताए ।

निमुखा र विपन्न वर्गका विद्यार्थीहरु शिक्षाबाट बन्चित नहोउन् भनेर विद्यालय बनाइदिने अभियानमा जुटेको प्रमोदको भनाई छ । उनी भन्छन्, ‘भूकम्पले स्कुले खोस्यो, तर, शिक्षा खोसिनु हुन्न ।’

४५ दिनभित्र विद्यालय बनाइसक्ने लक्ष्य रहेको प्रमोदले जानकारी दिए । विद्यालय निर्माणका लागि अनुमानित बजेट १० लाख राखिएको उनले बताए ।

प्रमोदले यसअघि इ प्लानेटसंगको सहकार्यमा काभ्रेमा ५० घर निर्माण गरिदिएका थिए भने गोरखामा एक विद्यालय निर्माण गरेका थिए । काठमाण्डौंको धापाखेलमा पनि उनकै भुमिकामा भूकम्पपीडित परिवारका लागि घर बनाइएको थियो ।
pramod
pramod kharel
pramod 2
pramod 3

प्रतिक्रिया दिनुहोस्