तीन युवतीको रोजाई एउटै केटा , पायो कसले ? ( भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौं । विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन् । सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन् । यस्तै एक कथामा म्यूजिक भिडियो निर्माण भएको छ ।
tayahangma rai song koi chha ft. bishal rai (1.)नितिन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा देखाउन खोजिएको छ । गायिका तायाहाङ्मा राईको ‘कोइ छ’ बोलको नयाँ म्यूजिक भिडियोमा यस्तो प्रेम कथा समावेश भएको हो । भिडियोमा गायिका स्वयम्को समेत अभिनय रहेको छ ।

यही भिडियोबाट रंग पत्रकारितामा विगत ६ वर्षदेखी सकृय रंगपत्रकार विशाल राईले मोडलिङमा डेब्यु गरेका छन् । चार युवतीसंग उनको रोमान्स भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ । म्युजिक भिडियोमा स्वयम गायिका तायाहाङमा राईकोपनि मोड्लिङ रहेको छ । विशालको ३ मोडलसंगको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशक नितिनका अनुसार गीत राम्रो भएकाले आफुले म्युजिक भिडियोमा फरकपन दिएको बताए ।
tayahangma rai song koi chha ft. bishal rai (2,)गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ लिएर केही समय अगाडी दर्शकमाझ आएकी थिइन् । नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तायाहाङ्गमा राईले एल्बम ल्याएकी हुन् । २०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् ।

५ गीत र एक म्युजिक ट्रयाक समावेश रहेको एल्बममा ‘आऊ तिमी, जिवनसंग, जसलाई देवता, मायाको गहिराई र कोही छ’ बोलको गीत समावेश गरिएको छ । जसलाई देवता बोलको गीत एल्बममा म्युजिक ट्र्याकपनि समावेश गरिएको छ । राज सागरले संगीत दिएका छन् ।

एल्बममा समावेश एक ‘मायाको गहिराई’ बोलको गीतको म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । गायिका तायाहाङ्गमा राईको पहिलो एल्बम ‘ तिम्रो याद विमोचन २ वर्ष अगाडी गरिएको थियो । पहिलो एल्बममा ७ वटा गीत समावेश गरिएको थियो । गायिका तायाहाङ्गमा राई केही समय अगाडी कन्र्सटका लागी कोरिया र हङकङ पुगेर आएकी थिइन् ।
bishal rai- khoi xa song by tayahangma rai  (1)यु आर स्टाइल इन्टरटेन्मेन्ट टिमले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन्, भने नन्दा अधिकारीको मेकअप रहेको थियो । म्युजिक भिडियोमा नमित चन्दले सहायक निर्देशन गरेका छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्