बच्चु कैलाशको गीत गाउँदा प्रियंकालाई ताली भन्दा गाली धेरै



रंग खबर, काठमाण्डौं । अभिनेत्री प्रियंका कार्कीको बाल्यकालदेखिकै रहर हो, गीत गाउने । गायक बच्चु कैलाशको गीत ‘तिमीले त होइन, तिम्रा भाकाहरूले’ को कभर सङ गाउँदै उनले त्यो रहर पूरा गरेकी छिन् । गीत सार्वजनिक गर्दै प्रियंकाले भनेकी थिइन्, ‘कस्तो गाएँ, त्यो सुझाउने जिम्मा दर्शक र स्रोताको हो । तर, प्रयास भने अवश्य गरेकी छु ।’
priyaगीत सुनेपछि दर्शकले प्रियंकालाई तालीभन्दा बढी गाली गरिरहेका छन् । ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक यो गीतको तल उनलाई गाली गर्ने र सुझाव दिनेहरू बढिरहेका छन् । प्रियंकालाई राम्रो अभिनय गर्न सक्ने अभिनेत्री भन्दै गायनमा हात नहाल्न उनका फ्यानले सुझाएका छन् । युट्युबको प्रतिक्रिया बक्समा गौतम दाइले लेखेका छन्, ‘प्रयास राम्रो छ । तर भिडियोको लिप–सिंक मिलेन । स्वरमा धेरै निखार आवश्यक छ ।’

अर्की स्रोता पूजा लामाले लेखेकी छिन्, ‘यस्तो राम्रो गीतलाई कस्तो नराम्रो बनाइदेको । छ्या । कति नराम्रो स्वर हो । तिम्रो अभिनयसम्म ठीकै छ तर गायन तिम्रो वशको कुरा होइन । प्लिज गाउन बन्द गर ।’ स्रोता निरज रेग्मीले सुन्दै झ्याउ लाग्नेगरी गाएको र उच्चारणमा पनि कमजोरी देखिएको भन्दै कमेन्ट लेखेका छन् । यस्ता धेरै गाली उनलाई दिइएको छ । फ्यानले गाली गरून् या जे भनून्, प्रियंका गीति एल्बम ‘स्वतन्त्र’ ल्याउने तयारीमा रहेको स्रोत बताउँछ । साभार: शुक्रबार साप्ताहिक|
प्रियंकाले गाएको गीत सुन्नुस् :
\

बच्चु कैलाशको ओरिजिनल गीत सुन्नुस् :

प्रतिक्रिया दिनुहोस्