असोजमा हुने भयो रिमाका लागि बाबु र सन्देशको ‘भालेफाइट’



रंग खबर, काठमाण्डौं । अशोक राईको निर्देशनमा बनेको फिल्म ‘भाले फाइट’ आउँदो असोज ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रर्दशनबारे जानकारी दिएको हो ।
vale fight finalकार्यक्रममा कार्यकारी निर्माता गुरुङले फिल्मले एउटा पुरुषको सफतलाको पछाडि महिलाको हात हुने कथा प्रस्तुत गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै निर्माता गुरुङले भने, ‘यो फिल्मले महिलाको कथा बोलेको छ । ’ फिल्ममा बाबु बोगटी, सन्दिप क्षेत्री, रीमा विश्वकर्मा, मानबहादुर राई, जेनी शेर्पा आदि प्रमुख भुमिका छन् । कार्यक्रममा मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्म ‘भाले फाइट’को अडियो पनि सार्वजनिक गरिएको थियो ।
फिल्मको बिषयवस्तु सबैको मनछुने भन्दै अभिनेता बाबु बोगटीले फिल्मसँग जोडिन पाउँदा खुशी लागेको बताए । अभिनेत्री रीमा विश्वकर्माल फिल्ममा आफु बौद्धिकस्तरको बुहारीको भूमिकामा देखिने खुलाईन् । अभिनेता सन्दिप क्षेत्री दर्शक हसाउँने अभिनय गर्न आफुले कुनै कसरत नराखेको बताए । यही फिल्मबाट कलाकारका रुपमा डेब्यु गरेका मानबहादुर राईले फिल्ममा आफ्नो पहिलो अनुभव भए पनि राम्रा कलाकारसँग काम गर्न पाउँदा खुशी लागेको बताए ।

फिल्मका प्रस्तुतकर्ता, संगीतकार र निर्देशक अशोक राई(च्याप) हुन् । उनी अष्ट्रेलियामा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् । भिषा राई, शर्मिला राई र मानबहादुर राई निर्माता रहेको फिल्ममा अजय श्रेष्ठ, बसन्त भट्ट, गीता अधिकारी, जेनी शेर्पा र सपना श्रेष्ठले समेत अभिनय गरेका छन् । फिल्ममा अशोक र दीपक निङलेखुको गीत, बाबु, रजीना रिमाल र सुबु थापाको गायन, रोशन श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य, अर्जुन जिसीको सम्पादन र गणेश श्रेष्ठको छायांकन रहेको छ ।
vale fight

प्रतिक्रिया दिनुहोस्