यस्तो भयो तीज म्यूजिक अवार्ड (फोटोफिचर र भिडियोसहित)



रंग खबर, काठमाण्डौं । छायाँ छवि क्रियशनको आयोजनामा शुक्रबार राजधानीमा सम्पन्न दोस्रो संस्करणको तीज म्युजिक अवार्डमा उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड गायिका टिका पुनले उचालिन्। गायक तर्फ ‘सेल्फी सेल्फी’का गायक वसन्त थापा उत्कृष्ट गायक ठहरिए ।
Ashishma Nakarmi in Awardतीजको महत्व र महिमालाई मध्यनजर गर्दै तीजमा आफ्नो मौलीकता जोगाउने तथा तीजका गीतहरुमा विकृति विसंगतीलाई हटाउदै सच्चा स्रष्टाहरुलार्य सम्मान र प्रोत्साहनका लागि आयोजना गरिएको यस अवार्ड कार्यक्रममा नेपाली लोक गीत संगीत क्षेत्रदेखि लिएर चलचित्र क्षेत्र तथा हाँस्यब्यंग्य क्षेत्रका कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।

शिव हमालको ‘दिदी माइत’ बोलको गीतले उत्कृष्ट तीज दोहोरी भाकाको अवार्ड उचाल्यो । त्यस्तै हरि खत्रीको ‘घुम्दै आयो’ बोलको गीतले उत्कृष्ट शब्द, ‘ब्रत बसेको’ बोलको गीतबाट उत्कृष्ट एरेन्जर झलक संगीतम, उत्कृष्ट तीज गीत म्यूजिक भिडियो निर्देशन तर्फ प्रकाश भट्टले अवार्ड हात पारे । त्यस्तै कोरियोग्राफर शंकर विसीले उत्कृष्ट कोरियोग्राफरको अवार्ड उचाल्न सफल भएका छन् ।
Dabbu Chhetriपत्रकार डब्बु क्षेत्रीले ‘माइती घरमा’ बोलको गीतका लागि उत्कृष्ट संन्देशमुलक तीज गीतको अवार्ड प्राप्त गरे भने नव गायिकाको अवार्ड कल्पना कुशुमलाई प्रदान गरियो। विजय थापा र रश्मी तामाङले उत्कृष्ट मोडल, जीवन सेन्चुरी उत्कृष्ट सम्पादक, ज्ञानेन्द् शर्माले उत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भएका छन् । यो वर्षको उत्कृष्ट तीज गीतको अवार्ड दिदी माइत बोलको गीतले उचाल्न सफल भएको छ । गायिका सुनिता दुलाललाई उत्कृष्ट तीज गीत गायिकाको अवार्ड प्रदान गरिएको छ ।
Rasmi Tamangत्यस्तै, पब्लिक च्वाईस अवार्ड गायिका साहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेले प्राप्त गरेका छन् भने प्रोत्साहन अवार्ड सुनिता गुरुङ्लाई प्रदान गरिएको छ । पपुलर अवार्ड भने सेल्फी सेल्फी गीतले प्राप्त गरेको छ ।  कार्यक्रममा तीजका गीतमा नृत्य देखि लिएर दिपक दिपा र माग्ने बुढाको कमेडी डान्स अनि गायिकाहरुको तीज भाका पनि लाईभ प्रस्तुत गरिएको थियो ।
हेर्नुस् तीज अवार्डका केही झलकहरु :-
Tika Pun
teej music award
Shankhar BC
Saroj Kc
Dipashree Niroula
Nirmal Sharma
Deepa Dipak Magnebudo
Bijaya Thapa
Bijay Thapa Dance
हेर्नुस भिडियो 
:-

प्रतिक्रिया दिनुहोस्