बाबुराम र मिनेन्द्रले सँगै बसेर हेरे ‘वडा नम्बर ६’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । पुर्व–प्रधानमन्त्री एवम् एमाओवादी नेता डा. बाबुराम भट्टराई, एमाओवादी नेतृ हिसिला यमी र सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले फिल्म ‘वडा नम्बर ६’ हेरेका छन् । राजधानीस्थित कुमारी हलमा ‘वडा नम्बर ६’ का कलाकारसँगै बसेर उनीहरुले सोमबार साँझको शो हेरेका हुन् ।
baburam and minendra

‘वडा नम्बर ६’ हेरिसकेपछि डा. भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘जनयुद्ध र शान्ति प्रक्रियाको पृष्ठभुमीमा आधारित यो फिल्म स्वस्थ, मनोरञ्जनात्मक र वस्तुपरक छ । फिल्म यथार्थपरक र गुणस्तरीय पनि छ । यस्ता फिल्म बनिरहे भने नेपालमा विदेशी फिल्मको प्रभुत्व कम हुँदै जानेछ ।’ उनले फिल्मको प्रस्तुती सन्तुलित रहेको प्रतिक्रिया दिएका थिए ।

यस्तै सुचना तथा सञ्चार मन्त्री रिजालले पनि फिल्मलाई ‘बडो रमाइलो’ भन्दै प्रतिक्रिया दिए । उनले भने, ‘फिल्मले समसमायिक विषयवस्तु उठान गरेको छ । कमेडी छ । कलाकारको अभिनय तारिफयोग्य छ । निर्देशकिय क्षमता पनि बलियो देखिन्छ ।’
shanti priyaत्यसैगरी एमाओवादी नेतृ हिसिला यमीले जनयुद्धको कथामा आधारित यो फिल्म हेर्दैगर्दा आफुलाई लडाकु हुँदाको पुरानो दिन स्मरण भएको बताइन् । ‘यो फिल्ममा रमाई–रमाई बसेको एउटा मान्छे कसरी माओवादी बन्नुप¥यो भन्ने यथार्थलाई बडो कलात्मक ढंगले समेट्न खोजेको पाइयो । फिल्मको अन्त्य निकै रोचक, घोचक र इमान्दार तरिकाबाट गरिएको छ’, उनले भनिन्, ‘यो फिल्म अस्कर अवार्डमा जानुपर्छ ।’
hisila yamiउज्जवल घिमिरेले निर्देशन गरेको यो फिल्ममा दिपकराज गिरी, केदार घिमिरे ‘माग्नु बुडो’, सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, जितु नेपाल, प्रियंका कार्की, निर शाह, दिपाश्री निरौला, सन्दिप क्षेत्री आदी कलाकारले अभिनय गरेका छन् ।  चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय पनि फिल्म हेर्न आइपुगेका थिए ।
wada numberसोमबार दिउँसो राजधानीस्थित टुडिखेलमा आयोजित संविधान स्वागत समारोहमा उपस्थित नभएका डा. भट्टराई फिल्म हेर्न आइपुग्दा धेरै चकित भएका थिए । डा.भट्टराईले फिल्मको प्रशंसा गर्दै फेसबुक र ट्विटरमा स्टाटस समेत लेखेका छन् ।
watching film
magnebudo

प्रतिक्रिया दिनुहोस्