सुनिल रावल ‘होस्टेल रिटन्र्स’ लिएर जापान जाँदै



रंग खबर, काठमाण्डौं ।  फिल्म ‘होस्टेल रिटन्र्स्’ को यही सेप्टेम्वर २७ तारिखमा जापानमा शो हुने भएको छ । जापानको मिनामी डाइनिङ बारले टोकियोको जुनियर मिगुरो स्टेसनमा रहेको मिगुरो कुमिन सेन्टरमा फिल्म देखाउन थालेको छ । फिल्मको दुई शो हुने निर्माता सुनिल रावलले जानकारी दिए । फिल्म शोको लागि यही साता रावल परिवार नै त्यसतर्फ जाँदैछन् ।
sunil rawalदुर्गिस फिल्मस्को व्यानरमा निर्माण भएको ‘होस्टेल रिटन्र्स्’ नेपालमा भदौ ४ गते प्रदर्शनमा आएको थियो जसले व्यापारिक सफलता पायो । जापानमा यो सफल फिल्म प्रदर्शनको व्यवस्था ईश्वर श्रेष्ठ र सुवास लामिछानेले मिलाएका हुन् । दुर्गिश ब्यानरबाट निर्मित यसअघि ‘सायद’ र ‘होस्टेल’ पनि व्यापारिक रुपमा सफल भए । सुरज भूषाल निर्देशित फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, नाजिर हुसेन लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्