‘सुश्री’ मा आर्यनलाई बिहेको जग्गे बाटै भगाउने को ? (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । बडा दशैको छेको अर्थात कार्तिक ३ गते फूलपातीलाई प्रदर्शन मिति तोकेको शिबम अधिकारी निर्देशित फिल्म ‘सुश्री’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ ।
 aaryan sushree
अभिनेता आर्यन सिग्देल स्टारर फिल्म ‘सुश्री’ को सार्बजनिक ट्रेलरमा मुख्य पात्र आर्यन र डेब्यु हिरोइन आशिका तामाङलाई उच्च प्राथमिकतामा प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई बलिउड अभिनेता सलमान खानको उपमा दिदै ‘सल्लु’ भनिएको छ । बिबाह पूर्ण रुपमा स्वतन्त्र हुनुपर्छ भन्ने सिद्दान्त बोकेको चलचित्रको सार्बजनिक ट्रेलरमा नायिका आशिकाले आर्यनलाई बिहेको जग्गे बाट नै भगाएकी छिन् ।
आर्यन र आशिका सहित ट्रेलरमा सुरबिना कार्की र राजाराम पौडेललाई पनि प्राथमिकतामा राखिएको छ । आत्मराम थापा निर्मित फिल्ममा आर्यन,आशिका,सुरबिना र राजाराम सहित बिकास चापागाई र मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन् भने शंकर बिसीको कोरियोग्राफी रहेको छ । फिल्ममा सानुकुमारले दन्द निर्देशन गरेका छन् । त्यस्तै बसन्त सापकोटा र आशिष पुरुषको शब्द रहेको छ भने बसन्त र सुबास भुषालले संगीत भरेका छन् । चलचित्रको गीतमा सन्तोष लामा,बसन्त सापकोटा,मिलन अमात्य र निकिता थापाले स्वर दिएका छन् । आशिका फिल्म्स ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई देशभर रोहित-रत्न (आरआर)वितरण गर्ने जिम्मा लिएका छन् ।
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्