‘बडा दशैँ आयो’ भन्दै यसरी नाचे निता र शंकर (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौं । गायक टंक बुढाथोकीले बडा दर्शैको अवसर पारेर नयाँ दशैँ गीत सार्वजनिक गरेका छन् । ‘बडा दशैँ आयो’ बोलको गीतमा उनलाई गायिका सरु गौतमले साथ दिएकी छिन् ।
961G5120_01.00_01_05_03.Still009

शंकर विसीले भिडियो निर्देशन गरेको गीतमा अभिनेत्री निता ढुंगाना, निर्देशक विसी, मोडल रश्मी तामाङ र महेन्द्र गौतमले अभिनय गरेका छन् । डान्सिङ शैलीको गीतमा टंक बुढाथोकी, अर्जुन कार्की र अमृता नेपालको शब्द र संगीत रहेको छ  । भिडियोमा लोकदोहोरी मोडलका रुपमा छवि बनाएका शंकर र अभिनेत्री ढुंगाना जोडीका रुपमा नाचेका छन् ।   भिडियो हेर्दा उनीहरुको ‘केमेस्ट्री’लाई दर्शकले रुचाउने देखिएको छ ।

‘काली तिम्रो नजरैले’, ‘घण्टी बज्यो’, ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलका हिट नम्बर दिइसकेका गायक बुढाथोकी पछिल्लो समय पाश्र्व गायन र संगीतमा व्यस्त छन् । भिडियोमा उनलाई पनि देख्न सकिन्छ । ‘यसपालीको तीजमा’ बोलको तीज गीत गाएर चर्चामा आएकी गायिका सरुले पहिलोपटक दशैँ गीत गाएकी हुन् । ‘यो गीतलाई मैले धेरै मिहेनत गरेर गाएकी हुँ । गीतलाई दर्शकले रुचाउने विश्वास गरेको छुँ’, उनले भनिन्  ।

सुरेश श्रेष्ठले खिचेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् । गीतकार अर्जुन कार्की नै गीतका निर्माता हुन् । निर्माता कार्की फिल्म निर्माैण गर्ने तयारीमा छन् । गीतलाई तिर्सना म्यूजिकले बजारमा ल्याएको हो ।
भिडियो हेर्नुस् :-

961G5120_01.00_01_11_14.Still011

961G5120_01.00_01_25_07.Still018

961G5120_01.00_01_03_20.Still008
961G5120_01.00_01_00_20.Still007

प्रतिक्रिया दिनुहोस्