सार्वजनिक शौचालय बनाउन झिलझिलेमा कन्सर्ट हुने



रंग खबर, झापा । सार्वजनिक शौचालय निर्माणमा सहयोग जुटाउने उद्धेश्यले झापाको झिलझिलेमा वृहत सांगितीक कार्यक्रम हुने भएको छ । झापाली युवा सरोकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसर पारेर यहिै कार्तिक २३ गते ‘छैठो म्यूजिकल इभ लाइभ इन कन्सर्ट’ हुन लागेको हो ।

कार्यक्रममा मुक्ति एण्ड रिभाईवल व्याण्ड काठमाण्डौको बिशेष प्रस्तुति रहने छ । त्यसैगरी चर्चित पप गायिका श्रेया सोताङ, गायकहरु कुवेर राई, टंक बढाथोकी, वादल लिम्बु र पुष्कर सुनुवारको पनि कार्यक्रममा प्रस्तुति रहने छ ।
concertकार्यक्रमका संयोजक सुरज रिङ्गालुङ राईले झिलझिलेमा छैठौ पटक कार्यक्रम गर्न लागिएको जानकारी दिए । बढ्दो जनसंख्या र बजारीकरणले झिलझिलेमा सार्वजनिक शौचालयको अभाब रहेकाले सो को निर्माणका लागी कार्यक्रम आयोजना गरिएको राईले बताए । कार्यक्रम संम्पन्न गर्नलाई ८ लाख रुपैया खर्च हुने र त्यसका लागि टिकट बिक्रि, स्टल बिक्रि, बिभिन्न व्यापारिक र व्यवसायीक प्रायोजक र प्रायोजन लगायत अन्य सहयोगिहरुवाट आर्थिक संकलन भईरहेको कार्यक्रम संयोजक तथा झापाली युवा सरोकार समाजका उपाध्यक्ष रिङ्गालुङ राईले बताए ।

समाजका अध्यक्ष कविराज चाम्लिङले कार्यक्रम नाफा मुखी नभएर सेवामुखी भएकाले कार्यक्रममा सवै क्षेत्रको सहयोग रहेन आशा व्यक्त गरे । रंगखबर  कार्यक्रमको अनलाईन पार्टनर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्