विजयले ‘बार बार’ सहिमालाई धोका दिएपछि…(हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । नेपाली सुगम संगीतमा गायिका सहिमा श्रेष्ठ चर्चित छिन् । हेरेको हेरेकै हुन्थे होला बोलको गीत गाएपछि चर्चामा आएकी सहिमा अहिले गायनसँग मोडलिङमा पनि व्यस्त छिन् ।

सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार बार जसले दिलमा’ बोलको गीत सुन्दा उत्तिकै कर्णप्रिय लाग्छ । यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । छायांकन भएको लामो समयपछि यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
bijay aawajसमन अधिकारीले निर्देशन गरेको भिडियोमा एक प्रेमीले दिएको पीडाबाट छटपटाएकी प्रेमिकाको कथा समावेश छ । गीतको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

भिडियोमा गायिका सहिमा श्रेष्ठले आफै मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा पहिलो पटक रंग पत्रकार विजय सुवेदी‘आवाज’ले काम गरेका छन् । भिडियोमा प्रेममा चुर्लुम्ब डुबाएर प्रेमिकालाई छाड्ने यूवकको भूमिकामा पत्रकार आवाज देखिएका छन् ।

विजय भन्छन्–‘गीतको शब्द, सहिमाको आवाज र निर्देशकको कन्सेप्ट मनपरेपछि मैले काम गरेको हुँ ।’ विजयले आफूलाई धेरै भिडियो भन्दा पनि राम्रो भिडियोमा काम गर्ने इच्छा रहेको बताए ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्