यूरोप भ्रमणमा पुगेका राजेशपायलको मिस डेनमार्क जेसिकासँग भेट



रंग खबर, काठमाण्डौं । दोश्रो पटक यूरोपको सांगितिक भ्रमणमा पुगेका गायक राजेश पायल राई हाल डेनमार्कमा छन् । यसै साता उनले त्यहाँ मिस डेनमार्क जेसिकालाई भेटेका छन् ।
rajesh payalडेनमार्कमै अध्ययन गरिरहेका विद्यार्थी तथा स्थानिय गायक राजमान तामाङले यो अवसर जुटाएको गायक राईले जानकारी दिए । ‘मैले भूकम्पका कारण थलिरहेको हाम्रो देशलाई छिमेकी राष्ट्रिय भारतले गरेको अघोषित नाकावन्दी र यसको असरबारे जेसिकालाई जानकारी दिए’, राजेशपायलले फेसबुकमार्फत भने, ‘मैले नेपाल विश्वकै अग्लो हिमाल रहेको र बुद्ध जन्मिएको देश रहेको जानकारी दिँए र दुवै देशको सांस्कृतिका विषयमा समेत जानकारी लियौँ ।’

भेटमा मिस डेनमार्क जेसिकाले राईलाई डेनिस भाषामा समेत गीत गाउन आग्रह गरेको राईले बताए । ‘डेनमार्कका संगीतकारहरु सम्पर्कमा रहे त्यो असम्भव नरहेको मैले बताए’, राईले सुनाए । उनले आफ्नो गीत समेत जेसिकाको अनुरोधमा गाएको बताए ।
rajesh payal with demiगायक राईले यसअघि हलिउड नायिका डेमिसँग पनि भेटघाट गरेका थिए । राईको आगामी नाभेम्वर २३ तारिखमा कोपनहेगनमा भब्य कार्यक्रम रहेको कार्यक्रम संयोजक जितेन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्