प्रमोदको स्कुल निर्माण अभियानमा पासा पुचःको हातेमालो



रंग खबर, काठमाण्डौँ । गायक प्रमोद खरेलले थालेको भूकम्पबाट भत्किएको विद्यालय पुनःनिर्माण अभियानमा पासा पुचःले सहयोग गरेको छ । प्रमोदको अगुवाईमा दोलखास्थित सुन्दरावतीमा सरस्वती प्राथमिक विद्यालयको पुनःनिर्माण हुँदैछ, जसलाई बेल्जियममा रहेको पासा पुचःले १० लाख रुपिँया सहयोग गरेको हो ।
pramod 3पासाःपुचकी भुपु अध्यक्ष समेत रहेकी एनआरएन आइसिसी महिला सहसँयोजक रजनी प्रधानले प्रमोदसँगै शनिवार विद्यालयको अवलोकन समेत गरेकी थिइन् । ‘यहाँको अवस्था निकै दर्दनाक पाए । यस्तो दर्दनाक अवस्थामा मलम लगाउन पाउँदा खुशी छौँ’, उनले भनिन् ।

त्यसैगरी पासा पुचःका निर्वतमान अध्यक्ष चीज कुमार श्रेष्ठले आफुहरुको सामाजिक अभियान जारी रहने बताए । ‘विपन्न र असहाय परिवारका बालबालिकाको सहयोगमा हातेमालो गर्न पाउँदा आभारी छौँ । हाम्रो यो सामाजिक अभियान जारी रहनेछ’, उनले भने ।

यस स्कुल निर्माण अभियानमा यसअघि मेचि अभियान, भुटानी समुदाय टेक्सास, नेपाली युथ ग्रुप यूके र गुरुङ ब्रदर्स युएसए नामक संस्थाले सहयोग गरेका थिए । पासाः पुचले केही समयअघि यूरोपमा गायक खरेलसमेतको सहभागितामा भब्य सांगितीक कार्यक्रम समेत आयोजना गरेको थियो ।
pramod
भारतीय अघोषित नाकावन्दीका कारण उक्त स्कुल निर्माण अभियान सम्पन्न गर्न गाह्रो भइरहेको गायक अभियानलाई संयोजन गर्नुहुने गीतकार तथ समाजसेवी सुदिप रेग्मीले बताए । ‘नाकाबन्दीको कारण निर्माण प्रकृया रोकिएको छ । सामग्रीहरु निर्माण स्थलसम्म पु¥याउन सकेका छैनौँ ।  । चाँडै सुचारु गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्