राजेश र शिव अभिनित ‘बागमती’को सस्पेन्स के ? (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । महानायक राजेश हमाल र एक्सन किंग शिव श्रेष्ठले एकसाथ अभिनय गरेको प्रतिक्षित फिल्म‘बागमती’ लाई सस्पेन्स फिल्म भन्दै यसको कथावस्तु सार्वजनिक गरिएको छैन् । आइतवार राजधानीमा आयोजित प्रेस मिटमा यसका कलाकारले फिल्ममा रहेको आफ्नो भुमिकाबारे खुलाउन चाहेनन् ।

दुई करोड माथिको बजेटमा तयार पारिएको भनिएको यो फिल्मलाई निर्माण युनिटले अहिलेसम्मकै बिग बजेटको नेपाली फिल्म भनी दाबी गरेको छ । साउथ इन्डियन निर्देशक सन्नी केरेलाले निर्देशन गरेको यो फिल्ममा अधिकांश प्राविधिक पनि भारतीय नै रहेको निर्मातामध्येका एक विजय सत्यालले बताए ।
IMG_9307

यो फिल्ममा केकी अधिकारी, श्रेया काकी आदि कलाकारले पनि अभिनय गरेका छन् । नेपाली फिल्मको ट्रेन्ड परिवर्तन गर्ने फिल्म भनि प्रचार प्रसार गर्न समेत भ्याईएको यो फिल्मको ग्रान्ड रिलिज गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा बताइयो ।

कार्यक्रममा फिल्मका विविध पक्षहरुको बारेमा जानकारी गराईए पनि कलाकारहरुले आफ्नो भुमिकाको बारेमा भने खुलाउन चाहेनन् । फिल्मका प्रमुख कलाकार मध्येका एक राजेश हमाल र निर्देशक सन्नी केरेला भने कार्यक्रममा उपस्थित थिएनन् ।
IMG_9305कार्यक्रममा अभिनेता शिव श्रेष्ठले फिल्ममा काम गर्दा आफुलाई छुट्टै अनुभव भएको बताएका छन् । अभिनेत्री केकी अधिकारीले विदेशी निर्देशकसँगको कामबाट पक्कै पनि राम्रो नजिता निक्लने आशा राखेको बताईन् । त्यस्तै नव कलाकार श्रेया कार्कीले चलचित्रमा काम गर्न पाउँदा आफु निकै उत्साहित रहेको बताइन् । यो चलचित्रबाट आफ्नो फिल्मी ढोका खुलेकोमा उनी निकै खुशी देखिईन् । कार्यक्रमको संचालन पत्रकार एवम् आरजे अर्जुन केआरले गरेका थिए ।

दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुतीमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता अनिल नापित हुन् । चलचित्रको निर्देशन सन्नी केरलाले गरेका हुन् । आक्रमक प्रचारप्रसारका साथ अघि बढेको यो फिल्म पौष २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
IMG_9296
IMG_9295
IMG_9312

प्रतिक्रिया दिनुहोस्