चिरञ्जिवीको ‘सान्नानी’मा देखियो शिल्पा र पुष्पको प्रेम



रंग खबर, काठमाण्डौ । 
‘सान्नानी सुन न, माया गरौँ है

होस् गर बेलैमा, जवानी जाला हैँ’
काठमाण्डौँस्थित बज्रबाराहीमा शनिवार दिउँसो मोडल पुष्प खड्का अभिनेत्री शिल्पा पोखरेललाई यसो भन्दौ फकाइरहेका थियो । दुवै कम्मर मकाई–मकाई नाचिरहेका थिए । दृश्य लोभलाग्दो थियो । तर, यो कुनै वास्तविकता थिएन् । गीतकार शंकर कँडेलले सार्वजनिक गर्न लागेको दोश्रो एल्बम ‘सान्नानी’ को शिर्ष गीतको म्यूजिक भिडियो छायांकनको दृश्यो थियो त्यो ।
shilpa pokharel chiranjibi bhandariअनुप रेग्मीको संगीतमा गायक चिरञ्जिवी भण्डारीले स्वर दिएको उक्त गीतको भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका थिए । गीतको एरेन्ज पुष्कर सुनुवारले गरेका हुन् । भिडियोलाई हरि हुमागाँईले खिचेका छन् । गीतको भिडियो एक महिनाभित्र सार्वजनिक गरिने गीतकार कँडेलले जानकारी दिए ।
shankhar kadel

प्रतिक्रिया दिनुहोस्