आर्यन र नम्रताको ‘क्लासिक’मा छन् यस्ता–यस्ता गीत (सुन्नुस् अडियो जुकबक्स)



रंग खबर, काठमाण्डौँ । प्रेम दिवसको अवसर पारेर आउँदो माघ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘क्लासिक’को सम्पुर्ण गीतको अडियो सार्वजनिक गरिएको छ । युट्यूबमा जुकबक्स मार्फत गीत बाहिर ल्याइएको हो ।

सांगीतिक प्रेम कथामा निर्माण भएको यो फिल्ममा ताराप्रकाश लिम्बुको संगीत छ । दिनेश राउतले निर्देशन गरेको फिल्मलाई सुवास गिरीले निर्माण गरेका हुन् । फिल्ममा समावेश ‘सुनौला’ बोलको गीतमा मेलिना राई र कोशिश क्षेत्रीको आवाज, दिनेश राउतको शब्द छ । यस्तै, ‘हारें हारें’ बोलको गीतमा यूवराज चौलागाइको स्वर, दिनेश राउतको शब्द छ ।
aaryan sigdel‘यो के हो’ बोलको गीतमा कोशिश क्षेत्रीको स्वर, दयाराम पाण्डेको शब्द छ । ‘प्रकृतीको सुन्दर’ बोलको गीतमा मेलिना राइको आवाज र डाक्टर कृष्णहरी बरालको शब्द छ । यस्तै, सार्वजनिक जुक बक्समा ‘सुनौला’ बोलको गीतको अनप्लक्ड पनि समावेश छ ।

फिल्मका ४ वटा गीतले उचाइ लिनेमा संगीतकार ताराप्रकाश लिम्बु ढुक्क देखिएका छन् । फिल्मको कथा अनुसार आफूहरुले गीत तयार पारेको निर्माता सुवास गिरीले बताए । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको भिन्न लुक्स देखिएको छ । यी दुइले फिल्ममा आँखा नदेख्न पात्रको भूमिका निर्वाहा गरेका छन् ।
फिल्मका दुईवटा गीतमा गायिका मेलिना राईको स्वर छ । फिल्मका गीतबाट गायिका मेलिना राईले नयाँ सफलता चुम्न सक्ने विश्वास लिइएको छ ।

फिल्मका गीतलाई धेरै मायालु जोडीले मन पराउने निर्देशक राउतको विश्वास छ । फिल्मको गीत जस्तो दृश्यलाई पनि आकर्षक बनाउन मिहिनेत गरेको कोरियोग्राफर रेनशा राइले बताइन् ।
Listen Songs Here :-

प्रतिक्रिया दिनुहोस्