गायक पुष्कर सुनुवार भन्छन्, ‘बिस्तारै माथि पुगिन्छ कि ?’



पुष्कर सुनुवार
गायक/एरेन्जर
pushkar sunuwarसंगीतमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
सानैदेखि गीत गाउँथेँ, नाच्थेँ । देउसीभैलो कार्यक्रम गरिन्थ्यो । कक्षा ५ मा पढ्दा संगीतकर्मी खेम विश्वकर्मा दाइले ‘पछि संगीत सिकेर म्युजिक फिल्डमा लाग्नुपर्छ’ भन्नुहुन्थ्यो । उहाँकै प्रेरणाले लागियो भन्नुपर्ला ।

कसरी अघि बढिरहेको छ त सांगीतिक करिअर ?
अहिलेसम्म दुई दर्जनभन्दा बढी गीत गाइसकेँ । तीन सयभन्दा बढी गीतमा संगीत र एरेन्ज गरिसके । कुशल गायकका रूपमा स्थापित हुन संघर्ष गरिरहेको छु ।

केमा व्यस्त हुनुहुन्छ हिजोआज ?
नयाँ एल्बम ‘मायाले’ ल्याउने तयारी गरिरहेको छु । यसको म्युजिक भिडियो सार्वजनिक गरिसकेँ । राम्रै प्रतिक्रिया पाएको छु । पत्रकार अनिल यादवको शब्द रहेको ‘लामो कालो केश तिम्रो छोइदिउ जस्तो लाग्छ’बोलको गीतको म्यूजिक भिडियो बन्ने तयारी पनि भइरहेको छ ।

एरेन्ज र संगीतलाई बढी समय दिँदा तपाईंको स्वर ओझेलमा परेन र ?
धेरै शुभचिन्तकले यही कुरा सुझाइरहनुहुन्छ । म एरेन्ज र संगीतलाई पैसा कमाउने माध्यम पनि बनाइरहेको छु । गाउनचाहिँ म आत्मसन्तुष्टिका लागि गाउँछु । आत्तिएर हुँदैन । बिस्तारै माथि पुगिन्छ कि ?

के–के बजाउन आउँछ ?
हार्मोनियम, तबला, गिटार, पियानो, मादल आदि बजाउँछु ।
pushkar 2
कस्ता–कस्ता गीत गाउनुहुन्छ ?
आधुनिक, फिल्मी, सेन्टिमेन्टल, रोमान्टिक, पप सबै खालको गाउँछु । बहुमुखी गायक बन्ने लक्ष्य छ ।

संगीतमा लागेर बाँच्न सकिन्छ ?
मज्जाले सकिन्छ । जो सिकेर आउँछ, ऊ बाँच्न सक्छ । प्रतिभा त हुनैप¥यो ।

तपार्इंका लागि संगीत के हो ?
प्रकृति हो संगीत । प्रकृतिझैँ संगीत पनि सुख–दुःखको साथी हो ।
(शुक्रवार साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्