भीमको ‘आँशुले भिजाई सिरानी’मा केकीको अभिनय (भिडियोसहित)



रंग खबर, काठमाण्डौँ । गायक भीम लिम्बू ‘आँशुले भिजाई सिरानी’ भन्दै दर्शकमाझ छाएका छन् । पुर्वेली लोकशैलीको ‘धानै नाचिन्छ’ गीतमार्फत श्रोतामाझ चिनिएका भीमले ‘मिम्जिमा’ एल्बमको ‘आँशुले भिज्यो सिरानी’ गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् । यसअघि भीमले यसै एल्बमको ‘माया मेरो झुठो रे’ गीतलाई भिडियोमा ल्याएका थिए । ‘मिम्जिमा’ अर्थात ‘मायालु’ भीमको पहिलो एल्बम हो ।
bhim limbuएल्बम केही समयअघि नै ल्याएको भए पनि म्युजिक भिडियो भने उनले क्रमश सार्वजनिक गर्दै आएका हुन् । भीमले ‘आँशुले भिज्यो सिरानी’ गीतको भिडियोलाई विभिन्न टेलिभिजन र यु–टयुबमार्फत एकैसाथ रिलिज गरेका हुन् । युगल पोमुले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र गगन शाहीले मोडलिङ गरेका छन् । ५० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक भीमले भने, ‘मेरो हरेक भिडियो लञ्च गरेपछि लक लाग्ने गरेको छ ।

यसअघि दुई भिडियो सार्वजनिक गर्दा दुई देशमा कार्यक्रमका लागि अवसर पाएको थिएँ । त्यस्तै, यसपटक पनि विदेश कार्यक्रममा मिल्ला भन्ने अपेक्षा गरेको छु ।’ ‘आँशुले भिज्यो सिरानी’ केही वर्षअघि गाएको भए पनि हाल आएर मात्र म्युजिक भिडियो रिलिज गरेको बताए । उनले ‘माया मेरो झुठो रे’ को भिडियोभन्दा अगाडि नै यो गीत रिलिज गर्ने सोच रहेको बताए । तर, स्व. निर्देशक आलोक नेम्बाङले निर्देशन गरेको भएकाले ‘माया मेरो झुठो रे’ चाँडै रिलिज गरेको भीमले सुनाए ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्