भारतीय गायक कैलाश खेरले गाए, ‘अब जिन्दगी जुनीजुनी तिम्रै चरणमा’ (हेनुस् भिडियो)



रंग खबर, काठमाण्डौँ । भारतीय गायक कैलाश खेरको स्वर रहेको नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘फुलको थुंगा’बोलको गीतमा उनलाई गायिका सुष्मा रानाले साथ दिएकी छिन् ।
richa sharmaनिकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमो अभिनेत्री ऋचा शर्मा र अभिनेता सुरजसिंह ठकुरीले अभिनय गरेका छन् । भिडियोमा ऋचा र सुरजसिंहको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । सुमधुर गीतमाथि उनीहरुको रोमान्स दर्शकले रुचाउन सक्छन् ।

शिखर सन्तोषको संगीत रहेको गीतमा गोपाल रसाईलीले म्यूजिक एरेन्ज गरेका छन् । धिरजजंग शाहले खिचेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
हेर्नुस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्