‘प्रेम गीत’ ट्रेलर : देखियो पुजा र प्रदिपको प्रेममा परिवारको तगारो (हेर्नुस् भिडियो)



सुरज पौडेल, काठमाण्डौँ । प्रेम दिवसको दिन पारेर आउँदो माघ २९ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘प्रेम गीत’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुजा शर्मा र प्रदिप खड्कालाई देखाइएको छ ।
prem geetप्रेम कथामा आधारित यो फिल्मको ट्रेलरले पनि प्रेम भाव नै दर्शाउछ । ट्रेलरमा पुजा र प्रदिपको प्रेम देख्न सकिन्छ । ट्रेलर हेर्दा उनीहरुको प्रेममा पुजाको परिवार तगारो आउने अनुमान लगाउन गाह्रो हुदैँन् । प्रेममा परिवार तगारो बनाएर आएपछि त्यो प्रेम सफल हुन्छ या हुन्न ? यसका जवाफका लागि ‘प्रेम गीत’अब दर्शकमाझ प्रतिक्षित बनेको छ । अभिनेत्री पुजाले यो फिल्ममा आफ्नो वास्तविक चरित्र  रहेको बताउँदै आएकी छिन् । फिल्मका केही टिपिकल शब्दले पनि त्यस्तै महसुस गराउँछ ।

सुदर्शन थापा निर्देशित यो फिल्ममा कागबेनी, मुक्तिनाथ, मार्फा, टुकुचे, बेनी, पोखरा, मुग्लिन र काठमाण्डूका सुन्दर दृश्यहरु देख्न पाईन्छ । सन्तोष सेनले निर्माण गरेको यो फिल्मलाई निकै महंगो बजेटमा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । फिल्मको ‘म यस्तो गीत गाउँछु’ बोलको गीत अहिले दर्शक र श्रोतामाझ निकै लोकप्रिय रहेको छ । यो फिल्मसँगै अन्य दुई फिल्म ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’ पनि प्रेम दिवसकै दिनबाट प्रर्दशनमा आउँदैछ । तीनवटा फिल्मको भिडन्तलाई नेपाली फिल्म वृत्तमा रोचक ढंगले लिइएको छ ।
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्