डि सिने अवार्डमा ‘नोभेम्बर रेन’को वर्चश्व|अभिनयमा आर्यन र नम्रता उत्कृष्ट(फोटोफिचर)



रंग खबर, काठमाण्डौँ । सोमबार साँझ राजधानीमा सम्पन्न सातौं डि सिने अवार्डमा फिल्म ‘नोभेम्बर रेन’ले सर्वाधिक आठ विधामा अवार्ड जितेको छ । अवार्डमा यही फिल्म उत्कृष्ट घोषित भयो ।
aaryan sigdelयही फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारे । दिनेश राउतले ’नोभेम्बर रेन’बाट नै उत्कृष्ट निर्देशकको अवार्ड उचाले भने छुल्ठिम गुरुङ्ग उत्कृष्ट सह–अभिनेत्री बन्न सफल रहिन् । युवराज चौलागाईंले सोही फिल्मको गीतबाट उत्कृष्ट पाश्र्व गायकको अवार्ड पाए भने सामिप्य राज तिमल्सिनाले उत्कृष्ट संवादको उपाधी जिते । त्यसैगरी राजेश श्रेष्ठले ’नोभेम्वर रेन’बाटै छाँयाकारको अवार्ड थापेका थिएँ ।
chulthim gurungकुल २१ विधामा वितरण गरिएको यो अवार्डका लागि गतवर्षका ७० भन्दा बढी फिल्महरु प्रतिष्पर्धामा उत्रेका थिए । थुप्रै अवार्ड हात परिसकेको फिल्म ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले क्रिटिक्सका नजरमा उत्कृष्ट निर्देशक ठहरिए । यसैगरी रामबाबु र उपेन्द्र सुब्बाले यही फिल्मबाट उत्कृष्ट पटकथाको अवार्ड पनि पाए । निर्दे्शित प्रतिष्पर्धात्मक विधामा पछाडी परे पनि ‘कबड्डी’ क्रिटिक्सको नजरमा उत्कृष्ट देखियो । अभिनेता दयाहाङ राई क्रिटिक्सको नजरमा उत्कृष्ट अभिनेता घोषित भए । फिल्म ‘सुन्तली’बाट प्रियंका कार्कीले पनि अभिनेत्रीका रुपमा क्रिटिक्स अवार्ड हात पारिन् । क्रिटिक्सकै नजरमा फिल्म ‘सुनपानी’लाई विशेष चलचित्र घोषणा गरियो भने ’कोहिनुर’लाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो । कार्यक्रममा फिल्म ’भीमदत्त’लाई पनि जूरी अवार्डले सम्मान गरियो ।
yubraj chaulagainयसैगरी सोही कार्यक्रममा २५ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशिल दुई फिल्मकर्मी र एक रंगपत्रकारलाई समेत सम्मान गरिएको थियो । अभिनेत्री गौरी मल्ल र निर्माता गोपाल कायस्थलाई रजत सम्मान प्रदान गरिएको थियो भने रंग पत्रकार डब्बु क्षेत्रीलाई चलचित्र पत्रकारिता पुरस्कारले सम्मान गरिएको थियो । विश्वकै कान्छा फिल्म निर्देशकको किर्तिमान राखेका निर्देशक सौगात विष्टलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।
dayahang rai
shabin shrestha
dipashree niraula
gajit bista and family
gauri malla

अवार्ड विजेताको सूचि यसप्रकार रह्यो:

उत्कृष्ट एनिमेशन/ग्राफिक्स:    अच्यूत गजुरेल-भीमदत्त

उत्कृष्ट श्रृंगार:                         अमृत मरहठ्ठा- टलकजंग भर्सेज टुल्के

उत्कृष्ट ध्वनी मिश्रण:              उत्तम न्यौपाने –कबड्डी

उत्कृष्ट पाश्व संगित:                एलिस कार्की – सेतो बाघ

उत्कृष्ट दन्द निर्देशक:               चन्द्र पन्त – हबल्दार सुन्तली

उत्कृष्ट नृत्य निर्देशक:               गम्भिर विष्ट – लभ यू बाबा

उत्कृष्ट गीतकार:                       कृष्णहरि बराल – कोहिनुर (के म तिम्रो होइन र)

उत्कृष्ट गायिका:                        साहिमा श्रेष्ठ – हबल्दार सुन्तली

उत्कृष्ट गायक:                          युवराज चौलागाईं – नोभेम्बर रे (तिमीलाई)

उत्कृष्ट संगितकार:                    अर्जुन पोखरेल – स्टुपिड मन (तिम्रो आँखामा)

उत्कृष्ट बालकलाकार:               संगम विष्ट- लभ यू बाबा

उत्कृष्ट नव नायक:                   शिल्पा पोखरेल – लज्जा

उत्कृष्ट नव नायिका:                 सुदर्शन थापा – अझैं पनि

त्कृष्ट नव निर्देशक:                 मुस्कान ढकाल – नाईं नभन्नू ल ३

उत्कृष्ट खलपात्र:                        अनुप विक्रम शाही – हँसिया

उत्कृष्ट चरित्र अभिनेता:             सबिन बास्तोला – सुनपानी

उत्कृष्ट चरित्र अभिनेत्री:             सूर्यमाला खनाल- सुन्तली

उत्कृष्ट सह अभिनेत्री:                छुल्ठिम गुरुङ् – नोभेम्बर रेन

उत्कृष्ट सह अभिनेता:                गजित विष्ट – पुनर्जन्म

उत्कृष्ट कथा:                             रामशरण पाठक– वर्ल्ड कप इन नेपाल

उत्कृष्ट पटकथा:                         रामबाबु गुरुङ्, उपेन्द्र सुब्बा (कबड्डी

उत्कृष्ट सम्पादन:                       राजु भण्डारी – वर्ल्ड कप इन नेपाल

उत्कृष्ट छाँयाकार:                       राजेश श्रेष्ठ-नोभेम्बर रेन

उत्कृष्ट अभिनेत्री:                       नम्रता श्रेष्ठ– नोभेम्बर रेन

उत्कृष्ट अभिनेता:                       आर्यन सिग्देल – नोभेम्बर रे

उत्कृष्ट निर्देशक:                        दिनेश राउत– नोभेम्बर रेन

उत्कृष्ट चलचित्र:                        नोभेम्बर रेन

 विशेष अवार्ड:

जुरी अवार्ड:                             रामबाबु गुरुङ (निर्देशक) – कबड्डी

क्रिटिक्स अवार्ड अभिनेता:        दयाहाङ् राई – कबड्डी

क्रिटिक्स अवार्ड अभिनेत्री:        प्रियंका कार्की – सुन्तली

क्रिटिक्स अवार्ड फिल्म :           भीमदत्त

विशेष चलचित्र:                        सुनपानी

पब्लिक च्वाइस:                       कोहिनुर

प्रोत्सहान अवार्ड:                      सविन श्रेष्ठ – हब्लदार सुन्तली

प्रतिक्रिया दिनुहोस्