यस्तो छ सविन, अनु र सारिकाको ‘लक्ष्य’ (हेर्नुस् फष्टलुक र ट्रेलर)



रंग खबर, काठमाण्डौँ । अभिनेता सविन श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘लक्ष्य’ को पहिलो प्रोमो, पोस्टर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । एक युवाको खेल जीवन र उसले सफलता हात पार्न गर्नु पर्ने संघर्षको यात्रालाई मुख्य रुपमा उठाइएको यो फिल्म आउँदो चैत ५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने शनिबार राजधानीमा आयोजित प्रेसमिटमा जानकारी गराइयो ।
lakshya‘लक्ष्य’ ले तोकेको मितिमा फिल्म ‘भाग सानी भाग’ पनि प्रदर्शनमा आउँदैछ, जुन फिल्ममा सविन श्रेष्ठ सोलो नायकको रुपमा प्रस्तुत भएका छन् । एउटै मितिमा एकै नायकको फिल्म प्रदर्शनमा आउँदा पर्ने घाटा र नाफाको बारेमा वितरक, निर्माता, निर्देशक तथा कलाकारले पक्कै पनि हेक्का राखेको हुनुपर्दछ । एकै मितिमा दुई फिल्म प्रदर्शन हुंदा नायक सविन श्रेष्ठलाई भने सहज भन्दा पनि सकस पर्ने देखिन्छ ।

मिलन आले मगर निर्देशित फिल्म ‘लक्ष्य’ लाई ओमलाल गुरुङले निर्माण गरेका हुन् भने स्क्रिप्ट सुशिल पंखेनीको रहेको छ । फिल्ममा सविनसँगै नायिका अनु शाह, सारिका केसी अनि अग्रज कलाकारहरु सुनिल थापा, अर्जुनजंग शाहीको अभिनय रहेको छ । ‘लालटिन’ निर्माता भानु प्रताप ‘लक्ष्य’ मा खलपात्रको रुपमा प्रस्तुत भएका छन् । अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘लक्ष्य’ को प्रोमो हेर्नुस् :-

 

प्रतिक्रिया दिनुहोस्