‘प्रेम गीत’को अर्को गीत : म त अलपत्रै पर्छु (हेर्नुस् भिडियो)



सुरज पौडेल, काठमाण्डौँ । प्रेम दिवसको अवसर पारेर माघ २९ गतेबाट देशभर प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेम गीत’को मार्मिक गीत सार्वजनिक भएको छ ।

फिल्मको शिर्ष गीत ‘म यस्ता गीत गाउँछु’ले सर्वत्र चर्चा बटुलिरहँदा यसको अर्को गीत सार्वजनिक गरिएको हो । ‘म त अलपत्रै पर्छु’बोलको उक्त गीतलाई स्वरुपराज आचार्य र अञ्जु पन्तले गाएका छन् । गीतमा डा.कृष्णहरि बरालको शब्द र अजुर्न पोख्रेलको संगीत रहेको छ ।
prem geetगीतको भिडियोमा अभिनेत्री पुजा शर्मा र अभिनेता प्रदिप खड्का देखिएका छन् । गीतमा बिछोड पछिको सम्झना देखाउन खोजिएको छ । ‘मायालाई आफ्नो जिबन सम्झेर बाच्ने जोडीहरु बिछोड जीवनलाई अधुरो ठान्छन् । मायालु बिना आफुलाई अलपत्र सम्झिन्छन्,’गीतले यस्तै भाव बोकेको छ । सुर्दशन थापाको निर्देशनमा तयारमा भएको यो फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्