यस्तो रहेछ मुरारीको ‘अनामिका’ (सुन्नुस् अडियो ज्यूकबक्स)



रंग खबर, काठमाण्डौँ । अमेरिकामा रहेका गायक मुरारी भट्टराईको पहिलो एल्बम ‘अनामिका’को अडियो ज्यूकबक्स सार्वजनिक भएको छ । यूट्यूब च्यानल बुढासुब्बामार्फत ज्यूकबक्स सार्वजनिक गरिएको हो ।
murari bhattarai finalएल्बममा पाँचवटा गीत समावेश छन् । एल्बममा विकास चौधरीको एकल संगीत रहेको छ । एल्बममा ‘अनामिका’, ‘नाम तिम्रो’, ‘मलाई छोडी’, ‘जबसम्म…’ र ‘कहिलेकाँही’ बोलका गीत समावेश छन् । ‘नाम तिम्रो’मा उनलाई गायिका जुना प्रसाईले साथ दिएकी छिन् भने ‘कहिले काँही’मा जुनु रिजालले पनि स्वर दिएकी छिन् । ‘कहिले काँही’बोलको गीतको म्यूजिक भिडियो पनि बनेको छ जसमा अभिनेता दिलिप रायमाझीले अभिनय गरेका छन् । एल्बममा गायक मुरारी, चिरन्जिवी आचार्य र चिरन्जिवी कोइरालाका शब्द रहेका छन् ।

‘यो मेरो पहिलो प्रयास हो’, गायक भट्टराईले भने, ‘दर्शकको प्रतिक्रियालाई सकरात्मक रुपमा लिएर अर्को एल्बममा अझै राम्रो गर्ने सोच छ ।’ उनले अर्को वर्ष दोश्रो एल्बम ल्याउने सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्