‘चलेछ बतास सुस्तरी’ प्रोमो : सुष्मालाई ‘फलो’ गर्दा प्रमोदलाई यस्तो गाली (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर माघ २९ गतेबाटै प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’ले आफ्नो प्रोमो र फष्टलुक सार्वजनिक गरेको छ । यही दिन फिल्म ‘क्लासिक’ र ‘प्रेमगीत’ पनि प्रर्दशनमा आउँदैछन् ।
sushma karki and pramod bhardwaj
हालै राजधानीमा आयोजितक एक कार्यक्रममा फिल्मका निर्माता एवम् लेखक प्रदिप भारद्धाज निकै खरो सुनियो । उनी आफु सर्जक भएकाले ब्यापार मात्रै गर्नको लागि फिल्म नबनाएको बताइरहेको थिए । ‘मैदानमा उत्रेको योद्धा कि मर्छ कि जित्छ, सर्जकले नाफा घाटा हेर्दैनँ,’ उनले भने, ‘माया प्रेमलाई ‘नेचुरल वे’ मा हाम्रो चलचित्रले प्रेजेन्ट गरेको छ । कुनै बनावटी कथा बुनिएको छैन् ।’ उनले कथम कदाचित फिल्म नचलेमा पनि दुःख नालाग्ने प्रतिक्रिया दिए ।

यो फिल्ममा प्रमोद भारद्वाज र सुष्मा काकी प्रमुख भुमिकामा छन् । अभिनेत्री सुष्माले ‘चलेछ बतास सुस्तरी’ आफुलाई डेब्यु फिल्म जस्तो लागेको प्रतिक्रिया दिईन् । प्रमोदले पनि फिल्मबाट निकै ठुलो आशा राखेको बताए । फिल्मलाई सबु सुवेदी र अनिला खड्काले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा प्रमोद र आर्यनको प्रेम देख्न सकिन्छ । ट्रेलरलाई दर्शकले अहिले रुचाइरहेका छन् ।
हेर्नुस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्