‘भोकभाकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?’



sangeet srota
चिच्याउनुहोस् र भन्नुहोस्–

कोर्रा खाइरहेका बन्दी चिच्याउनै छाड्यो भने के हुन्छ ?
च्याँट्ठिनुहोस् र भन्नुहोस्–
भोकभाकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?
शनिवार दिउँसो चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटको भवनमा युवा कवि सङ्गीत श्रोता ‘समय सन्नाटा’ कविता वाचनका क्रममा निकै आक्रमक सुनिएँ । उनले यो कवितामार्फत देशमा भइरहेका विभिन्न खाले अन्याय र विभेदविरुद्ध मौन बस्ने परिपाटीमाथि कडा प्रहार गर्न खोजेको देखिन्थ्यो ।

अखिल नेपाल लेखक सङ्घ, चितवनले त्यहाँ कवि सङ्गीतको एकल कविता वाचन कार्यक्रम आयोजना गरेका हो । जहाँ सङ्गीतले आफ्ना १७ वटा कविता वाचन गरेर सुनाए । उनी दर्जनजति कविता सुनाउने तयारीका साथ त्यहाँ पुगेका थिएँ । तर, दर्शकको बलियो आग्रहपछि उनले थप कविता सुनाएका थिए । जतै देखिने पुरुषको उपस्थितीविरुद्ध पनि उनले ‘महिलाहरु कहाँ छन्’ शिर्षकको कवितामार्फत बोले । प्रमुख अतिथिको आसनदेखि राष्ट्रपतिको कार्यलयसम्म पुरुषकै दबदबा रहेको कुरा उनको कविताले बोलिरहेको थियो । कविताको अन्तिम हरफमा उनले सोधे
म पनि हुँ एउटा पुरुष युवा
बैंँससहितकोे वयस्क ज्यान
अरे हो कविज्यू !
मलाई बताइदिनुस्–
यो देशमा महिलाहरू कहाँ छन् ?
sangeet srota 3उनले आमाले दिएको आर्शीवचनलाई पनि ‘हतारहतारमा यात्रा’कवितामार्फत सम्झिए :
म आज यहाँ आइपुगेको छु, यो सहरमा
हतार–हतारमा
र, यति बेला पनि झल्झली सम्झिरहेको छु मैले
आमाको आशीर्वचन
‘हतारमा यात्रा गर्दा धेरै नहडबडाउनू कान्छा !’

सङ्गीतको ‘सुई’ कविताले आजको मान्छे र परिवेशले भोगेको पुँजीवाद र बजारको कठोर यन्त्रणालाई व्यक्त गरेको थियो ।
प्रिय सुनकला ! तिमीले चिन्यौ ? 

January 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

को हो यो युगलाई सुई हान्दै हिंड्ने डाक्टर ?
र कसले गरिरहेछ यहाँ
उज्यालोको खुद्रा व्यापार ?
के त्यो एउटै मान्छे हो ?

कार्यक्रममा सङ्गीतले ‘हेडसर–वसन्ती’, ‘मुस्कान’, ‘समय सन्नाटा’, ‘कनेक्सन’, ‘अगने कामी’, ‘झोला’, ‘इच्छुकको इमेल’, ‘हतारहतारमा यात्रा’, ‘अभि सुवेदी : एक देब्रे ढल्कुवा उपसर्ग’, ‘मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरू’ आदि शीर्षकका कविता पनि सुनाएका थिएँ । गायन तथा सङ्गीत सिर्जनामा समेत राम्रो दख्खल राख्ने उनले सहभागीको आग्रहपछि ‘मै उडी जाने काँ’ बोलको गीत गाएर माहोललाई झंकारयुक्त बनाएका थिए ।

कविता वाचन सुरु हुनुअघि कवि उदय अधिकारीले सङ्गीतको व्यक्तित्व र कविताका बारेमा बोलेका थिए । उनले सङ्गीतलाई विचारको तीव्रता भएको कविका रूपमा चिनाए । ‘कविसँग समसामायिक चेतना हुनुपर्छ’, उनले भने, ‘त्यो सङ्गीतमा पाइन्छ । उनको कवितामा समयको आवाज प्रखर रूपमा आएको हुन्छ । उनका कविताहरूले समयको कथा भन्छन् ।’

त्यस्तै, कविता वाचनको अन्त्यतिर कवि विनोदविक्रम केसीले सङ्गीतका कवितामाथि टिप्पणी गरेका थिए । ‘सङ्गीतले आफ्ना कवितामार्फत निर्मम युगलाई निर्मम तरिकाले प्रहार गर्न प्रयत्न गरिरहेको जस्तो लाग्छ’, उनले भनेको थिएँ ।

कवि केशव सिलवालले कार्यक्रममा सङ्गीतको ‘कुर्कुच्चा’ शीर्षकको कविता वाचन गरेका थिए । उनको कविता सुन्न काठमाडौँबाट समीक्षक गुरुङ सुशान्त, लेखक उज्ज्वल प्रसाईं, अनुसन्धाता चिरन मानन्धर, पत्रकार राजन नेपाल, लेखक वन्दना ढकाललगायत चितवन पुगेका थिए । कलाकारद्वय अकृन अधिकारी र महेश बस्ताकोटीले सङ्गीतका कवितामा आधारित रहेर वाचनस्थलमा चित्र कोरेका थिए । सङ्गीतले ‘म काठमाण्डौं आइपुगे’ कवितासंग्रह निकालेका छन् ।

उनको कवितावाचनअघि त्यही हलमा कवि सुमनराज श्रेष्ठलाई साहित्य संगम चितवनले गणेश तथा हस्तकुमारी(लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कार २०७२ प्रदान गरेको थियो । श्रेष्ठको ‘सपनाहरूको ह्याङओभर’ कवितासंग्रह पुरस्कृत भएको हो । उनका कवितामाथि कविद्वय भूपिन र सरिता तिवारीले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्