‘प्रेम गीत’को कभरसङ प्रतियोगिताका लागि पाँचसय बढी सहभागी



रंग खबर, काठमाण्डौं । प्रेम दिवसको अवसर पारेर माघ २९ गतेदेखि प्रर्दशनको तयारीमा रहेको फिल्म ‘प्रेम गीत’ को कभर सङ प्रतिस्पर्धामा पाँच सय बढीले आफ्नो स्वरमा गीत रेकर्ड गराएका छन् । अर्जुन पोखरेलको संगीत तथा अञ्जु पन्त र सुगम पोखरेको स्वर रहेको ‘प्रेम गीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ गाएर पाँच सय ५९ ले भिडियो समेत उपलब्ध गराएको फिल्मका निर्माता सन्तोष सेनले हालै राजधानीमा आयोजित प्रेसमिटमा जानकारी दिए । कभर सङ प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा फिल्म निर्माण कम्पनी आसुसेन फिल्मस्ले गरेको छ ।
prem geet 2युट्युबमा अपलोड गरिएका प्रतियोगीमध्ये जसको सबैभन्दा बढी ‘भ्यूअर्स’ हुन्छ त्यसैले प्रथम पुरस्कार पाउने संगीतकार पोखरेलले बताए । तर, उत्कृष्ट कभर घोषणा गाउनेलाई युट्युब भ्युजको मात्रै मुख्य आधार नहुने संगीतकारले प्रष्ट्याए । फिल्मका निर्माता सन्तोष सेनका अनुसार फागुन ४ मा युट्युब भ्युजको आधारमा उत्कृष्ट १० लाई छानिनेछ । उत्कृष्ट दशको छनौट लोकप्रीयताका साथै उत्कृष्ट भएर पनि भ्युज कम भएका पाँच भीडियोलाई भने ‘वाइल्ड’ कार्ड मार्फत् उत्कृष्ट १५ बनाइने बताइएको छ । व्यवसायिक गायनमा नलागेका तर प्रतिभावानलाई मौका दिने अभिप्रायले कभर सङ प्रतियोगिता राखिएको फिल्मका निर्देशक सुदर्शन थापाले बताए । निर्देशक थापाका अनुसार उत्कृष्ट १५ प्रतियोगीले फागुन ८ मा राजधानीमा हुने वृहत सांगीतिक कार्यक्रममा गाउने मौका समेत पाउने छन् ।
prem geet
विजेता छनौटमा संगीतकार अर्जुन, गायक सुगम र गायिका अन्जुको अन्तिम निर्णयबाट गरिने छ । प्रदीप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मको यतिबेला शिर्ष गीतले सर्वाधिक चर्चा पाइरहेको छ अरु गीतहरुलाई पनि उत्तिकै रुचाइएको छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको शिर्ष गीतको शिर्ष गीतको कस्ट्युम र लोकेशनको निकै नै प्रशंसा भैरहेको छ । रामशरण पाठकको पटकथा एंव संवाद रहेको ‘प्रेम गीत’ लाई राजेश श्रेष्ठले खिचेका हुन् ।
Watch Song Here :- 

प्रतिक्रिया दिनुहोस्