भूकम्पपीडितका लागि गुञ्जिए मिलन-प्रताप (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । 
‘आफुमात्र बाँचेर केही अर्थ हुन्न
अरुलाई बचाए पो केही अर्थ हुन्छ’
आइतवार साँझ काठमाण्डौंस्थित दरबारमार्गको नर्लिङ गजलमा गायिका मिलन अमात्यले यही गीतबाट आफ्नो प्रस्तुती थालिन् । ‘मानवताका पाईला’ नामक संस्थाले नुवाकोटका भूकम्प पीडतको सहयोगार्थ आयोजना गरेको सांगितिक साँझमा उनले दर्जनौं आफ्ना तथा अरुका गीत गाएर सुनाइन् । मिलनसँगै कार्यक्रममा गायक प्रताप लामा पनि प्रस्तुत भएका थिएँ । उनले पनि भूकम्पसम्बन्धी गाएको गीतबाटै आफ्नो प्रस्तुती थालेका थिएँ :
milan amatya‘कालो छ दिन, कालो छ रात
खुल्ला आकाश मुनि छैन है गाँस’
‘भूकम्पपीडितका लागी गाउन पाउँदा निकै खुशी लागिरहेको छ,’ गायिका अमात्यले भनिरहेकी थिइन् । ‘अरुबेला मनोरञ्जनका लागि मात्र गाइन्थ्यो । आज सामाजिक काम पनि जोडिएको छ,’ गायक लामा पनि खुशी देखिन्थे ।
pratap lamaवैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको छाप गाउँमा राहत पु¥याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको मानवताका पाईलाका सदस्य नविनविक्रम कोइरालाले बताए ।
milan and pratap‘भूकम्पपछि त्यहाँको विद्यालय समेत भत्किएको छ । विद्यार्थीहरुले पठनपाठन गर्न सक्ने अवस्था छैन्,’ उनले भने,‘ हामी पहिलोचरणमा त्यहाँ स्टेशन सामान वितरण गर्दैछौँ । त्यसपछि विद्यालय निर्माणका लागि अभियान थाल्नेछौं ।’ कार्यक्रमबाट करिब ८० हजार रकम, ८४६ वटा ब्लयांकेट, ३ सय जोर मोजा र ३ सय जोर टोपी सहयोग प्राप्त भएको कोइरालाले जानकारी दिए । ‘हामी यहीसाताभित्र राहत पु¥याउने तयारीमा छौं,’ उनले सुनाए ।
milan pratam sanjha

प्रतिक्रिया दिनुहोस्