आफ्नो फिल्ममा सक्रिय, अरूकोमा किन चुपचाप ?



रंग खबर, काठमाण्डौं । माघ २९ गते अघिसम्म अभिनेता आर्यन सिग्देललाई फुर्सद थिएन । आफूले निर्माण गरेको फिल्म ‘क्लासिक’को प्रचारमा उनी व्यस्त थिए । उनी कहिले फिल्मको प्रमोसनमा उपत्यका बाहिर पुगिरहेका हुन्थे त कहिले उपत्यकाभित्रै भ्याइ–नभ्याइ हुन्थे । यसरी सक्रियतापूर्वक आफ्नो फिल्मको प्रमोसनमा जुटेका उनी आफूलाई प्रमुख भूमिकामा उतारिएका अर्को फिल्म ‘आवेग’ प्रदर्शनको नजिक आइपुग्दासम्म चुपचाप छन् ।
aaryanतस्बिर : आर्यन सिग्देलको फेसबुकबाट

‘आवेग’ शुक्रवारदेखि भइरहेको छ । तर, यतिञ्जेलसम्म आर्यन न कुनै प्रमोसनमा हिँडेका छन्, न फिल्मबारे केही बोलि नै रहेका छन् । वसन्त निरौलाले निर्देशन गरेको ‘आवेग’मा आर्यनको दमदार एक्सन देखिन सकिने निर्देशकको दाबी छ । आर्यनको निष्क्रियता हेर्दा लाग्छ, उनलाई ‘आवेग’ आफ्नो फिल्मजस्तो नै लागेको छैन । यतिसम्म कि उनले आफ्नो फेसबुक पेजमा समेत अहिलेसम्म ‘आवेग’बारे केही लेखेका छैनन् । अझै उनको फेसबुकको प्रोफाइल फोटोमा ‘क्लासिक’ लेखिएकै तस्बिर छ । आफ्नो फिल्ममा सक्रिय, अरूकोमा किन चुपचाप ? आर्यनलाई प्रश्न गर्न थालिएको छ । (साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्