एचआईभी संक्रमित बालबालिकाका लागि हेमनको सांगितिक कार्यक्रम



रंग खबर, काठमाण्डौं । गायक हेमन मोक्तान आफ्नो सांगीतिक कर्यक्रम लिएर कतार जाने भएका छन् । गायनसंगै समाज सेवामा समेत सक्रिय हेमनले केहि बर्ष यता एचआईभी संक्रमित बालबालिकाहरुलाई सहयोग पनि गर्दै आएका छन् ।

शिक्षा र स्वास्थ्य नामक कोषको स्थापना गरि बेबी लाइफ होमका २४ बालबालिकाहरुलाई सहयोग गर्दै आएका हेमनले यिनै बालबालिकाहरुकै सहयोगार्थ दोस्रो एल्बम ’फर्माइस’ पनि बजारमा ल्याइसकेका छन् । गत जनवरीमा मात्र पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको हात मार्फत एल्बम विमोचन गराएका हेमनले घोषणा अनुरुप नै शुक्रबार कतार उड्न लागेका हुन् ।
heman ashismaतामाङ सेवा समाज कतारको सहकार्यमा हुने हेमनको सांगीतिक टुरमा नायिकाद्वय अशिष्मा नकर्मी र रजनी केसी पनिले सघाउने भएका छन् । ‘पहिलो पटक सांगीतिक कार्यक्रममा विदेश जान पाउँदा निकै खुशी छु,’ हेमनले भने, ‘मेरो पहिलो प्रयासमा मिलेको साथ र हौसलाले पनि निकै उत्साहित बनाएको छ ।’। हेमनको अभियानमा सहयोग गर्नका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , वरिष्ठ गीतकार डाक्टर भोला रिजाल , कलाकार नीर शाह , गायक रामकृष्ण ढकाल , अभिनेत्रीद्धय रेखा थापा र प्रियंका कार्की , हास्यजोडी दीपकराज गिरि र दीपाश्री निरौला आदिले सहयोग गरिदिन भिडियो मार्फत आग्रह गरेका छन् । एचआइभी संक्रमित भएकै कारण सामान्य स्कुलमा समेत भर्ना नपाएका २४ विधार्थीका लागि आफुले सहयोग गर्न चालेको कदम सफल हुनेमा हेमन विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्