हाउ फन्नी गीत : हेर्नुस् प्रियंका र केकीको डिस्को डान्स



रंग खबर, काठमाण्डौं । शुक्रवारबाट देशभरका हलहरुमा प्रर्दशन भइरहेको फिल्म ‘हाउ फन्नी’को ‘डिस्को डान्स’ बोलको गीत युट्यूबमार्फत सार्वजनिक गरिएको छ ।

शैलेन्द्र सिंह र शैलेस श्रेष्ठको संगीत रहेको गीतलाई गायिकाद्धय सुवानी मोत्तान र इन्दिरा जोशीले गाएका छन् । गीतको भिडियोमा फिल्मकी अभिनेत्रीद्धय प्रियंका कार्की र केकी अधिकारीको हट नृत्य देख्न सकिन्छ । गीतको कोरियोग्राफी रेनशा बान्तवा राईले गरेकी हुन् ।

निलु डोमा शेर्पा निर्देशित यो फिल्ममा दयाहाङ राई, निशा अधिकारी, अनुपविक्रम शाही आदि कलाकारको पनि अभिनय रहेको छ । फिल्मले प्रर्दशन भएको चार दिनसम्ममा एक करोडमाथिको ग्रस कलेक्शन गरेको फिल्मका वितरक सुनिल मानन्धरको दाबी छ ।
हेर्नुस् सार्वजनिक गीत :

प्रतिक्रिया दिनुहोस्